Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कर्णालीमा एमाले टिकट वितरण : युवालाई पन्छाउँदै पुरानै नेतामाथि भरोसा

खबरडबली संवाददाता

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि सार्वजनिक उम्मेदवार सूचीमा पुरानै नेताहरूको दबदबा देखिएको छ, जसले पार्टीभित्र विशेष गरी युवा पंक्तिमा असन्तुष्टि बढाएको छ ।

एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहदेखि प्रदेश सचिव ध्रुवकुमार शाहीसम्म उम्मेदवारको सूचीमा अटाएका छन् । तर केन्द्रीय सदस्यसमेत रहेका युवा नेताहरू विष्णु रिजाल, नीरज आचार्य र दल रावललाई नेतृत्वले टिकटबाट बाहिर राखेको छ ।

पार्टीभित्र उदीयमान र सक्रिय युवा नेताहरूलाई पाखा लगाएर पटक–पटक चुनाव पराजित भइसकेका पुराना अनुहारलाई प्राथमिकता दिइएको भन्दै एमाले कर्णालीको युवा पंक्तिमा असन्तोष चुलिएको छ ।

टिकट वितरणको अन्तिम अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रहेकाले कर्णालीका युवा नेताहरू उपेक्षित भएको उनीहरूको गुनासो छ । पार्टीको आन्तरिक निर्वाचनमा सर्वाधिक मत ल्याएका नेता विष्णु रिजाललाई समेत टिकट नदिइएको विषयले असन्तुष्टि झनै चर्काएको छ ।

निर्वाचन क्षेत्रीय कमिटीको सिफारिसमा रिजालले ६७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका थिए । तर पार्टी नेतृत्वले उनलाई पन्छाउँदै ०४३ सालदेखि नै प्रधानपञ्चको निर्वाचन लड्दै आएका लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेको यस निर्णयले कर्णालीमा पुस्तान्तरणको बहसलाई पुनः सतहमा ल्याएको छ भने आगामी निर्वाचनमा यसको प्रभाव कस्तो पर्छ भन्ने चासोसमेत बढेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: