Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

‘वान बेल्ट वान रोड’ बारे चीनले माग्यो नेपालको धारणा

\"china_flag\"काठमााडौं, ३० कात्तिक । चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाबारे नेपाल सरकारको ठोस धारणा बुझ्न चीनको एक सरकारी प्रतिनिधीमण्डल नेपाल भ्रमणमा आएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ –चीनले आफू र एसिया, युरोप र अफ्रिकाबीच सडकपूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक प्रगति हासिल गर्ने मुख्य लक्ष्य सहित अघि बढाएको उक्त अवधारणाबारे नेपाल सरकारको धारणा मागेको छ। चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा अघि सारेको यस अवधारणा अन्र्तगत ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘एक्काइसौँ सताब्दिको सामुद्रिक सिल्क रोड’ गरी दुई भाग छन् । नेपालले सिल्क रोड इकोनोमिक बेल्टमा सहभागिता जनाउन सहमति जनाइसकेको छ । नेपालले चीनको सिल्क रोड अवधारणामा सहभागि हुनका लागि दुई बर्ष यस संबन्धमा चीनसंग एक सझदारीपत्रमा हस्ताक्षर गरेको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा चीनको यस अवधारणामा सक्रिय सहभागि हुने प्रतिबद्दता नेपाल सरकारले जनाएको थियो । तर वर्तमान सरकार यस अवधारणा प्रति सकारात्मक नदेखिएको जानकार कुटनीतिक स्रोत बताउँछ । यस अवधारणाप्रति नेपालले स्पस्ट जवाफ दिन नसकेकै कारण चिनियाँ राष्ट्रपति सि जिन पिङ्को गत असोज अन्तिम हप्ताका लागि हुने भनिएको नेपाल भ्रमण रद्द भएको स्रोतको भनाई छ । नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधीमण्डलले वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग भेटवार्ता गरी चिनियाँ राष्ट्रपति सि जिन पिङ्को अग्रसरतामा शुरु भएको उक्त अवधारणाबाट नेपाल लगायत यस क्षेत्रका सबै मुलुकले लाभ लिनसक्ने बताएको थियो । प्रतिनिधीमण्डलले वान रोड वान बेल्ट अवधारणाबाट समग्र क्षेत्रको कनेक्टिभिटी बढाउन तथा चीन र नेपाल लगायत सार्क मुलुकहरुबीचको आर्थिक विकासमा महत्वपूर्ण टेवा र्पुयाउने बताएको थियो । भेटमा वाणिज्यमन्त्री थकालीले नेपाल र चीन सदियौँदेखि घनिस्ट मित्रका रुपमा रहेका र दुवैले एक अर्काको भलाई र हित हुने गरी आपसि व्यावहार र सहयोग गरिरहेको बताएको वाणिज्यमन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ । भेटमा मन्त्री थकालीले वान रोड वान बेल्ट अवधारणाको उच्च सराहान गरेका थिए । ‘यस अवधारणाबाट यस क्षेत्रका सबै छिमेकी देशहरुसँग सुदृढ र सबल कनेक्टिभिटी कायम भई नेपालको आर्थिक विकासमा यसले महत्वपूर्ण योगदान पुर्याउने मन्त्रीज्यूले विश्वास ब्यक्त गर्नुभयो’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ । साथै नेपाल र चीनको आपसी आर्थिक एकीकरण, समन्वय र सहयोग मार्फत नेपालको उच्च सम्भावना भएका जलबिद्दुत, पर्यटन, जडिबुटी, कृषि लगायतका क्षेत्रमा विकास गर्न सकिने विचार थकालीले ब्यक्त गरेका थिए । मन्त्री थकालीले चीनको लगानी र प्रविधि मार्फत नेपालका सम्भावनाको उचित प्रस्फुटन एवं विकास र प्रबद्र्धन गरी देशमा आर्थिक समृद्धि हासिल गर्नमा समेत यसले योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका यी क्षेत्रहरुमा चीनको लगानी र प्रविधिलाई उच्च सम्मान सहीत स्वागत गरिने धारणा राखेका थिए । उक्त चिनियाँ प्रतिनिधीमण्डलले नेपाल सरकारका उच्च अधिकारीहरु र राजनीतिक दलका नेतासँग पनि भेट्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending