Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

कसले गर्ने यिनको उपचार ?

\"nilam-2-699x1024\"काठमााडौं, ३० कात्तिक । सप्तरी कोचाबखारी गाविस–५ लोखरमका हरेराम मण्डल र रन्जुदेवीकी १३ महिने छोरी नीलमको शरीरमा रहेका सबै हड्डीहरु बाहिरबाट प्रस्टै देखिन्छन् । उनको शरीरमा हाडमाथि पातलो छालाबाहेक केही छैन । शरीरका अंगहरूमा मासु लागेको देखिँदैन । झट्ट हेर्दा द्वन्द्वग्रस्त मुलुकमा भोकमरीको सिकार भएको जस्तै देखिन्छिन् नीलम । आजको कान्तिपुर दैनिकमा खबर छ – खाना र पौष्टिक आहार नपाउँदा उनी कुपोषणको अन्तिम चरणमा छिन् । गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र रहेको पोषण पुनस्स्थापना गृहमा उपचारका लागि एक महिनाअघि नीलमलाई ल्याउँदा कर्मचारी र प्राविधिकहरू एकछिन आश्चर्यमा परे । गृहकी प्रबन्धक रश्मी झाले भनिन, ‘उनको शरीरमा मासु छँदै छैन, हाडमाथि पातलो छाला, हेर्दा नै डरलाग्दो देखियो ।’ उनका अनुसार नीलम कुपोषणबाट यो हालतमा ग्रसित बालबालिकामा भर्ना हुन आएकी पहिलो हुन् । झाले भनिन, ‘यो अन्तिम अवस्था हो, बचाउन निक्कै गाह्रो छ ।’ गृहले बालिका नीलमको चिकित्सकबाट उपचार गराउँदा खान नपाएर उनको यो अवस्था भएको बताएको झाले जनाइन् । नीलमकी आमा रन्जु सुस्तमनस्थितिकी छन् । बुवा हरेराम सामान्य मजदुरी गर्छन् । ‘६ महिनादेखि नातिनीको यस्तै अवस्था थियो,’ उनकी हजुरआमा गुलियादेवीले भनिन, ‘खानै पुग्दैन, कसरी उपचार गर्न ल्याउनु ?’ बालिकाको स्थिति चिन्ताजनक भएपछि नजिकको स्वास्थ्यचौकी सखडामा गएको र त्यहाँ पोषण पुनस्स्थापना गृहमा जान सल्लाह दिएको उनले सुनाइन् । ‘राजविराज आउने भाडा थिएन,’ गुलियादेवीले भनिन, ‘घरमा रहेको चामल पसलमा बेचेर ३० रुपैयाँ भयो, त्यसैका भरमा नातिनी लिएर उपचारका लागि राजविराज आएँ ।’ उनका अनुसार घरमा चामल पनि एकछाकभन्दा बढी पुग्ने थिएन । त्यही पनि बेचिन् उनले । १३ महिनाअघि जन्मँदा नीलम सामान्य अवस्थामा थिइन् । उनको तौल ३ किलो थियो । अहिले उनको तौल चार किलो मात्र छ । गुलियादेवीको गरिबीको हालत सहनै नसक्ने खालको छ । ५ वर्षअघि श्रीमान् बिते । छोराबुहारी सामान्य कमाउँछन्, अलग्गै बस्छन् । ज्वाइँले मजदुरी गरेर ल्याएकाले छोरी, दुई नातिनी पाल्ने गरेको उनले सुनाइन् । परालले छाएको सानो २ कोठा भएको घर छ । वर्षामा चुहिन्छ । ‘कति छाक भोकै सुतेको छु,’ उनले पीडा सुनाइन्, ‘अब त हाम्रा सन्ततिको जीवन भगवानकै हातमा छ ।’ आफुसँग खर्च नभएको र नातिनीको अवस्था निक्कै गंभिर भएकाले सहयोगका लागि उनले सबैसित आग्रह गरिन । ‘केही त सुन्लकी हाम्रो दुख ? ’उनले भनिन् । बालिकाहरुलाई आफु दुई छाक खुवाउनै नसक्ने हालतमा रहेकाले दूध र पौष्टिक आहार दिन नसक्ने बताइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending