Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

सहमतिमा संशोधन विधेयक आउने संभावना क्षीण

\"prachanda_oli_deuwa\"काठमाडौं, २९ कात्तिक । सहमतिमा संविधान संशोधन विधेयक आउने सम्भावना क्षीण बन्दै गएको छ । सरकारले कात्तिक मसान्तभित्र सहमतिमा संविधान संशोधन विधेयक दर्ता गर्ने बताउँदै आए पनि प्रमुख तीन दलबीच कुरो मिल्न सकेको छैन । आजको राजाधानी दैनिकमा खबर छ –सहमति जुटाउन शनिबारका लागि बोलाइएको तीन दलको बैठकसमेत बस्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संशोधन प्रस्ताव तयार भएको जानकारी दिँदै सहमतिमै कात्तिक मसान्तभित्र संसद्मा दर्ता हुने बताएका थिए । तीन दलको बैठक बस्न नसके पनि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । अब तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक आज (सोमबार) बोलाउने तयारी छ । तर, प्रमुख प्रतिपक्षी एमालेले भने संविधान संशोधन विधेयकमा सहमति गर्ने सम्भावना देखिएको छैन । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेसम्मको अवस्थाको अध्ययन गर्दा संविधान संशोधन प्रस्तावमा सहमतिको सम्भावना नदेखेको बताए । ‘अध्यक्षसँग कुनै कुरो भएको भए मलाई थाहा भएन नत्र यसमा सहमति भएको मलाई थाहा छैन,’ नेम्वाङले भने । प्रधानमन्त्री दाहालले कांग्रेस, एमालेसँग सहमति गरेर संविधान संशोधन विधेयक ल्याउन निकै प्रयास गरेका छन् । सोमबारको बैठकमा सहमति हुने संकेत नदेखिए एकलौटी रूपमै संशोधन दर्ता गराउने सरकारको तयारी छ । संशोधनका विषयमा आइतबारको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो । कांग्रेस र माओवादीकै केही मन्त्रीले सहमतिको कुरालाई फेरि जोड दि“दै एक दिन कुरौं भनेपछि मन्त्रिपरिषद्ले संशोधन प्रस्तावमा निर्णय नगरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्की (राम कार्की) ले मन्त्रिपरिद्षमा संविधान संशोधन विधेयकबारे छलफल भएको तर अधिक सहमति गरेर विधेयक लगे राम्रो हुने सुझाव आएकाले रोकिएको बताए । मन्त्रिपरिषद्बाट स्वीकृत गराई संविधान संशोधन विधेयक आइतबार नै कानुन मन्त्रालयमा पठाउने प्रधानमन्त्री दाहालको तयारी थियो । मन्त्रिपरिषद्ले संविधान संशोधन विधेयकलाई स्वीकृत गरेपछि त्यसलाई कानुन मन्त्रालयमा पठाउनुपर्दछ । कानुन मन्त्रालयले मस्यौदालाई अन्तिम रूप दिएपछि त्यसलाई संसद्मा दर्ता गरिन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले एकपटक तीन दलको बैठक बसेपछि मात्रै संशोधन विधेयक कसरी र कहिले दर्ता गर्ने निर्णय हुने बताए । शनिबार बोलाइएको तीन दलको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा तरुण दलको कार्यक्रममा पोखरा जाने भएका कारण बस्न नसकेको उनले राजधानीलाई जानकारी दिए । सकभर सहमतिमै विधेयक लैजाऔं भनेर सोमबार तीन दलको बैठक बोलाइएको र सहमति नभए सरकारले एकलौटी रूपमा संविधान संशोधन विधेयक दर्ता गर्ने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending