Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

एमाले आदिवासी जनजाति महासंघमा १ सय ५० को उम्मेद्वारी , को–को भिडदैछन्?

\"cpnuml_election_symbol_copy3\"काठमाडौं, २९ कात्तिक । नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वका लागि एक सय ५० जनाको उम्मेद्वारी परेको छ । १७ जना पदाधिकारीसहित ६७ सदस्यीय कार्यसमितिका लागि एक सय ५० जनाको उम्मेदवारी परेको हो । आजको राजधानी दैनिकमा खबर छ –यद्यपि केही पदमा सर्वसम्मति भएको छ । खुला १० केन्द्रीय सदस्यका लागि महेन्द्र शेरचन, सुमन श्रेष्ठ, विजय गुरुङ, रत्न गुरुङ, परशु मेघी गुरुङ, हेमराज पुन, शेरबहादुर तामाङ, शरण राई, देवराज राई, पृथ्वी सुब्बा गुरुङ, कृपाशुर शेर्पा, ढकबहादुर थापा र टीकाराम चेम्जोङ लिम्बुको उम्मेदवारी परेको छ । यसैगरी १ नम्बर प्रदेशबाट आठ जना आवश्यक पर्नेमा १५ जनाको उम्मेदवारी परेको छ । १ नम्बर प्रदेशबाट तिलकुमार मेयाङ्बो, शिव गुरुङ, शेषराज माझी, भवानी खापुङ, सत्यनारायण चौधरी, कालु लामालगायतको उम्मेदवारी परेको छ । १ नम्बर प्रदेशबाट तीन महिला सदस्यका लागि आठ जनाको उम्मेदवारी परेको छ । सावित्री श्रेष्ठ, निर्मला राई, तारादेवी राई, चुना थापामगर र सूर्यकुमारी सुनुवारलगायतको उम्मेदवारी परेको हो । २ नम्बर प्रदेशमा भने चारै जना सर्वसम्मत भएका छन् । नरबहादुर स्याङ्तान, महेशप्रसाद चौधरी, रामललित मण्डल धानुक र गोपाल श्रेष्ठ सर्वसम्मत भएका हुन् । २ नम्बर प्रदेशको महिला दुई सदस्यमा सागरदेवी चौधरी र सीता गुरुङ सर्वसम्मत भएका छन् । ३ नम्बर प्रदेशमा खुला आठ जना कोटामा २३ को उम्मेदवारी परेको छ । ३ नम्बरको खुलामा चित्रबहादुर लुंगेली, गोविन्द माझी, राम आलेमगरलगायतको उम्मेदवारी परेको छ । यसैगरी महिला चार सदस्यीयमा ९ जनाको उम्मेदवारी परेको छ । ४ नम्बर प्रदेशमा खुला ६ मा आठ र महिला ३ मा चार जनाको उम्मेदवारी परेको छ । ४ नम्बरबाट खिम थापा मगर, नरबहादुर थापा मगर र देउकाजी गुरुङलगायतको उम्मेदवारी परेको छ । ५ नम्बर प्रदेशमा ६ जना खुलाका लागि सात जना भिडेका छन् । महिला तीन सदस्यका लागि भने सहमति भएको छ । ५ बाट महिला सदस्यमा शान्ता चौधरी, सिन्धु जलेशा बुढाथोकी र टीका समसेली मगर सर्वसम्मत भएका हुन् । ६ नम्बर प्रदेशमा खुला तीन सदस्यका लागि ५ जना र महिला दुई सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । ६ नम्बरबाट सोनाम छिरिङ लामा, रेशम राना र टीका घलेलगायतको उम्मेदवारी परेको छ । ७ नम्बर प्रदेशमा खुला तीन सदस्यका लागि चार र महिला दुईका लागि तीन जनाको उम्मेदवारी परेको छ । ७ नम्बरबाट नारदमणि राना, वीरबहादुर बुढाथोकी, फूलमाया तामाङ, कोइलीदेवी चौधरीलगायतको उम्मेदवारी परेको छ । निर्वा्चित सदस्यबाट एक अध्यक्ष, सात जना प्रदेश उपाध्यक्ष, एक जना महिला उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, चार सचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष छानिने छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । शनिबारदेखि सुरु भएको महाधिवेशनले विधान र महासंघको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending