Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

सामाजिक संजालमा नेताको सक्रियताः एमाले अग्रस्थानमा, माओवादी र कांग्रेस नेताको उदाशिनता

\"sanjal_neta\" काठमाडौं, २३ कात्तिक । सामाजिक सञ्जालको विश्वव्यापी प्रयोग र यसका फाइदाघाटाबारे याहाँ बताइरहन पर्दैन । व्यापारदेखि राजनीति हुँदै, कुटनीतिदेखि व्याक्तिगत सम्बन्धमा सुमधुरतासम्मका काममा सामाजिक सञ्जालको महत्व एकपछि अर्कोगरी बढ्दै गइरहेको छ । इन्टरनेटको सहज पहुँच भएका देशहरुमा प्रचारको सबैभन्दा शक्तिशाली माध्यम सामाजिक संजाल हो । तर हाम्रो जस्तो अविकसित मुलुकमासमेत पछिल्लो समय सामाजिक सञ्जालले उथलपुथल ल्याइदिने गरेको छ । सामाजिक सञ्जालको प्रभाव बढ्दै गएपछि प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेताहरु पनि सामाजिक सञ्जालहरुमा जोडिएका छन् । केही नेताहरु आफ्नो सञ्जाल बढाउन फेसबुक पेज स्पोन्सरसमेत गर्ने गरेका छन् । सामाजिक सञ्जालमध्य विश्वप्यापी प्रयोगमा रहेका फेसबुक र ट्वीटरमध्ये नेपालमा फेसबुकको प्रयोग बढी हुने गरेको छ । हामीले समाजका अगुवामा रुपमा चिनिने राजनीतिक शक्तिले प्रयोग गर्ने सामाजिक सञ्जाललाई लिएर यो रिपोर्ट तयार गरिरहेका छौं । सामाजिक संजालको प्रयोगबाट आफ्नो राजनीतिक उद्देश्य पुरा गर्न हाम्रा राजनीतिक दलका नेताहरु कति सक्रिय छन् ? पहिला वेवास्ता गर्ने प्रचण्ड अहिले सक्रिय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अचेल सामाजिक सञ्जालतिर धेरै छाउँछन् । प्रधानमन्त्री प्रचण्डले चलाउने फेसबुक पेजमा १ लाख ५८ हजार ७ सय ४१ लाइक पुगेको छ । \"prachanda-fb\" prachanda.nepal उनको फेसबुक पेजको नाम हो । प्रचण्डको फेसबुक पेजमा सबै भन्दा बढी अनलाइनमा आएको समाचार सेयर गरेको देखिन्छ । त्यसो त बेलाबखतमा उनको पारिवारिक फोटाहरु पनि अपलोड गरेको भेटिन्छ । त्यस्तै पछिल्लो समय प्रचण्डले ट्वीटर पनि चलाउन थालेका छन् । @cmprachanda नाम रहेको उनको ट्वीटर ह्याडिल छ । त्यसमा २९ हजार ८ सय जनाले पछ्याएका छन् । तर प्रचण्डले भने उक्त अकाण्टबाट ४ जनालाई मात्र पछ्याएका छन् । ती मध्ये उनले पुत्र प्रकाश, माओवादी केन्द्र, गोविन्द खतिवडा र इलेटेस्ट न्यूज नामको ट्वीटर अकाउन्ट फलो गरेका छन् । प्रचण्डको cmprachanda.com निजी वेवसाइट पनि रहेको छ । प्रचण्ड एकमात्र नेता हुन् जसले आफ्नै निजी वेवसाइट मात्र चलाएका छैनन्, मोबाइल एप समेत चलाइरहेका छन् । जसको अपडेट उनका छोरा प्रकाश र सचिवलय टिमले नै गरिरहेको हुन् । प्रधानमन्त्रीको दैनिक कार्यतालिकादेखि भेटघाट, कार्यक्रम लगायतका समाचार आफ्नै वेबसाइटमा पोष्ट गरेर मात्रै अन्य मिडियामा पठाइन्छ । गणतन्त्र स्थापनापछि दोस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले प्रविधिलाई राम्रैसँग उपयोग गर्न थालेका छन् । उनी पछिल्लो समय समाजिक सञ्जालतिर बढी छाउन थालेका छन् । कांग्रेसका नेताको सञ्जाल: व्यक्तिगत प्रयोगमै सिमित नेपाली कांग्रेसका नेताहरु पनि सामाजिक सञ्जालमा जोडिएका छन् । तर अन्य पार्टीका नेताहरु जस्ता कांग्रेस नेताहरुले सामाजिक सञ्जालको प्रयोग गरेको देखिदैन । कांग्रेसका युवा नेताहरुले सामाजिक सञ्जालको बढी नै उपयोग गरेका छन् । स्वास्थ्यमन्त्रीसमेत रहेका युवा नेता गगन थापा कांग्रेसमा सबैभन्दा बढी सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । प्रविधिको कुनै उपयोग नगरेका कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय फेसबुकतिर छाउन छालेका छन् । sbdeuba नामको उनको फेसबुक पेजमा ८० हजार ६ सय ९३ जनाको लाइक छ । \"deuba-fb\" अहिले दिल्लीमा रहेका देउवालाई उतैतिरको तस्विरहरु अपलोड गर्न भ्याइनभ्याई छ । १९ गते दिल्ली गएको देउवाले उतैतिरको छुट्टाछुटै कार्यक्रमको तस्विरहरु अपलोड गरिरहेका छन् । उनी ट्वीटरमा पनि जोडिएका छन् । देउवाको ट्वीटर अकाउण्ट २६ हजार ४ सयले पछ्याएका छन् । भने उनले १ सय ८५ जनालाई मात्रै पछ्याएका छन् । जम्मा उनले ३ सय ४५ ट्वीट गरेका छन् । उनको ट्वीटर ह्याण्डिल @DeubaSherbdr छ । उनले निजी वेभसाइड भने अझैं बनाएका छैनन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सामाजिक सञ्जालमा जोडिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा जोडिएका पौडेलले ट्वीटर भने चलाउँदैनन् । उनको फेसबुक पेजमा ७४ हजार ४ सय १९ लाइक छ । उनले आफ्नो फेसबुक पेजमा सबैभन्दा बढी कार्यक्रमहरुको फोटो सेयर गरेको देखिन्छ । कांग्रेसले गरेका कार्यक्रमको भने उनले कुनै पनि फोटो सेयर गर्न छुटाउदैनन् । पछिल्लो समय तनहुँमा भएको कार्यक्रमको फोटो अपलोड गरेका छन् । चाडवाडका बेला शुभकामना उनले फेसबुकबाट दिने गरेका छन् । \"ramchandra-fb\"   RCpaudelnepal नामक फेसबुक उनले चलाउने गरेका छन् । उनको निजी वेभसाइट www.ramchandrpaudel.com हो । तर अहिले उक्त वेभसाइट चल्दैन । पार्टी महाधिवेशनकाबेला प्रचारप्रसारका लागि पौडेलले आफ्नो निजी साइट बनाएका थिए । यस्तै, कांग्रेस नेता प्रकाशमान सिंह पनि सामाजिक सञ्जालमा जोडिएका छन् । PrakashManSing नामको उनको फेसबुक पेजमा १६ हजार ४ सय ३० लाइक छ । उनले फेसबुकमा सबै भन्दा बढी आफनै तस्विरहरु अपलोड गरेको देखिन्छ । बेलाबखत कांग्रेस कार्यक्रमको पनि तस्विर अपलोड गरेका छन् । अन्य नेता जस्तो उनले समाचारहरु सेयर गरेको देखिदैन । उनले ट्वीटर भने चलाएको देखिदैन । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा तिहारदेखि अपलोड गरेका छैनन् । तिहार शुभकामना दिएपछि उनको अकाउण्ट निश्क्रिय जस्तै देखिन्छ । उनको ShekharKoirala4 नामक ट्वीटर अकाउण्टमा पनि २ सय ४६ फलोअर्स छ । जम्मा उनले १ जनालाई मात्र फलो गरेका छन् । उनले एमाले अध्यक्ष केपीओलीलाई फलो गरेका छन् । सामाजिक सञ्जालको भरपुर उपयोग गरेका स्वास्थ्यमन्त्री तथा कांग्रेसका युवा नेता गगन थापा फेसबुक पेजमा १ लाख ३२ हजार ९ सय ७५ लाइक छ । thapagk नामक उनको फेसबुक पेजमा पछिल्लो समय सबै भन्दा बढी स्वास्थ्य क्षेत्रकै गतिविधि अपलोड र शेयर गरेको देखिन्छ । उनी बेला मौकामा राजनीतिक स्ट्याटस पनि लेख्ने लगेका हुन्छन् । मन्त्री थापाको thapagk ट्वीटर ह्याण्डिल छ । थापाको ट्वीटरमा ४ लाख १८ हजारले पछ्याएका छन् । उनले भने ९ सय १८ जनालाई मात्रै पछ्याएको देखिन्छ । उनले यो रिपोर्ट तयार पार्दासम्म १ हजार १ सय २९ ट्वीट गरेका छन् । एमाले नेताहरु सामाजिक संजालबाटै प्रचारात्मक कमाण्ड लिन्छन् सामाजिक सञ्जाल उपयोग गर्नेमा नेकपा एमालेका नेताहरु अग्रपंक्तिमा छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सामान्य कार्यकर्तासम्मले सामाजिक सञ्जालको भरपुर उपयोग गरेका देखिन्छन् । \"kp-twitter\"एमाले अध्यक्ष ओली पछिल्लो समय फेसबुक, ट्वीटरसमेत आफै चलाउँछन् । उनी ट्वीटर फेसबुकमा उत्तिकै अपडेट भइरहन्छन् । उनको ट्वीटर १ लाख २६ हजारले पछ्याएका छन् भने उनले ३८ जनालाई मात्र फलो गरेका छन् । ओलीले अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई पछ्याएका छन् । उनी फेसबुक भन्दा पनि ट्वीटरतिर बढी छाउँछन् । एमालेमा सबैभन्दा बढी समाजिक सञ्जालको उपयोग गर्नेमा शंकर पोखरेल छन् । पोखरेलले एमालेको सामाजिक सञ्जालको कमाण्ड सम्हालेका हुन् कि भन्ने देखिन्छ । बेलाबखत सामाजिक सञ्जालमा निकै विवादित स्ट्याटस समेत पोष्ट गर्छन् । पछिल्लो समय नेता पोखरेलले मधेशी समुदायमाथि कठोर शब्द प्रहार गरी ट्वीट गरेपछि विवादमा परे । सामाजिक सञ्जालको विरोध खेप्न नसकेर उनले आफ्नो ट्वीट हटाउन बाध्य भएका थिए । shankarpokhrel8 ट्वीटर ह्याडिल चलाउने उनको ट्वीटर अकाउण्टमा ९ हजार ९७ फलोअर्स छन् । उनले १ हजार १ सय १६ जनालाई फलो गरेका छन् । त्यस्तै उनले अहिलेसम्म २ हजार ५ सय ७० वटा ट्वीट गरेका छन् । एमालेका युवा नेताका रुपमा चिनिन्छन् रविन्द्र अधिकारी । अधिकारी सामाजिक सञ्जाल फेसबुकदेखि ट्वीटर चलाउन निकै अगाडि देखिन्छन् । उनको Rabindra.Adhakari.UML नामक फेसबुक पेजमा १ लाख ७१ हजार ५ सय ३० लाईक छ । उनी आफू सहभागी जुनसुकै कार्यक्रमको पनि तस्विर पोष्ट छुटाउदैनन् । उनले फेसबुकमा प्रायः राजनीतिक, धार्मिक, सांस्कृतिक विषय बस्तुलाई पोष्ट गर्ने गरेका छन् । अधिकारी ट्वीटरतिर पनि निकै छाउँछन् । उनलाई ट्वीटरमा २२ हजार ३ सयले पछ्याइरहेका छन् । उनले ३ हजार १ सय ८८ जनालाई पछ्याएका छन् । हालसम्म उनले २ हजार ४ सय ६७ ट्वीट गरेका छन् । उनको RabindraADH नामक ट्वीटर अकाउण्ट रहेको छ । दैनिक अपडेट हुनेहरुभित्र अधिकारी पनि अग्रपंक्तिमा पर्छन् । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पनि सामाजिक सञ्जालमा छाइरहने नेता मध्ये पर्छन् । प्रायः ट्वीटरमा रमाउने उनको ८ हजार १ सय ३३ जनाले पछ्याएका छन् । उनी आफैले ४ सय ४९ जनालाई फलो गरेका छन् । उनले हालसम्म १ सय ८७ ट्वीट गरेका छन् । IshwarPokhrel नामक अकाउण्ट चलाउने उनको www.ishwarpokhrel.com निजी वेभसाइट पनि छ । उनको फेसबुक पेजमा ११ हजार ३ सय ४३ जनाले लाइक गरेका छन् । एमालेका प्रचार विभाग प्रमुख योगेश भटट्राई पनि सामाजिक सञ्जालमा निकै सक्रिय छन् । सामाजिक सञ्जालमा कहिलेकाहिँ उनी कडा अभिव्यक्ति पनि दिने गर्छन् । उनले yogeshuml55 नामक ट्वीटर अकाउण्ट चलाउछन् । अहिलेसम्म उनलाई ४७ हजार ६ सयले पछ्याएका छन् । फेसबुकमा भने उनको २२ हजार ९ सय ९८ लाइक रहेको छ । उनको www.yogeshbhattarai.com.np नामक निजी वेभसाइट पनि रहेको छ । माओवादी नेताः अपडेट नै गर्दैनन् सामाजिक सञ्जालको प्रयोग गर्नमा माओवादी नेताहरु एमाले नेताहरु भन्दा पछि छन् । सामाजिक सञ्जालको प्रभाव बढेपछि भने अधिकांश नेताहरु भर्खरभर्खर सामाजिक सञ्जाल प्रयोग गर्नेमा ध्यान केन्द्रित गर्न थालेका छन् । कार्यकर्ता पंक्तिमा सामाजिक सञ्जालको राम्रैसँग उपयोग गरे पनि नेताहरुको सक्रियता भने न्यून देखिन्छ । अन्य नेताहरुको तुलनामा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सामाजिक सञ्जालमा अलि अगाडि छन् । सन् २०१४ मा ट्वीटरमा जोडिएका श्रेष्ठलाई ४४ हजार २ सय जनाले पछ्याएका छन् । श्रेष्ठले भद्र धारणा राख्ने गरेका छन् । उनी अंग्रेजीमै ट्वीट गर्ने गर्छन् । पछिल्लो समय एमाले नेता तथा कार्यकर्ताहरुले अंगिकृत नागरिकता लिएको १० वर्षपछि राष्ट्रध्यक्ष बन्न पाउने प्रस्ताव गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक बहस भइरहँदा श्रेष्ठ पनि सामाजिक सञ्जालको बहसमा भाग लिएका थिए । nksthaprakash नामक अकाउण्टमा प्रायः श्रेष्ठ घण्टै पिच्छे ट्वीट गरिरहेका हुन्छन् । उनी फेसबुकतिर पनि निकै सक्रिय छन् । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेत पनि फेसबुक चलाउँछन् । तर उनले अनलाइनमा प्रकाशित समाचार शेयरमात्रै गर्छन् । उनी फेसबुक खोलेर प्रायः अपडेट नगर्ने नेताभित्र पर्छन् । फेसबुकमा उनले आफ्नै निजी तस्विर पोष्ट गरेको पाइन्छ । अर्थमन्त्री तथा माओवादीका प्रभावशाली नेताहरु कृष्णबहादुर महराको पनि फेसबुक एकाउण्ट छ तर खासै अपडेट छैन । माओवादी प्रवक्ता पम्फा भुसाल पनि सामाजिक सञ्जालको प्रयोग गरिरहेको भेटिन्छिन् । उनले पार्टीका धारणाहरु प्नि सार्वजनिक गर्न थालेकी छिन् । पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता बर्षमान फेसबुक चलाएपनि खासै अपडेट भएको देखिदैन । उर्जामन्त्री जनार्दन शर्मा पनि सामाजिक सञ्जालमा जोडिएका छन् । उनको फेसबुकको भित्तामा उनी आफुले भन्दा पनि अरुले ट्याग गरेका भेटिन्छन् । माओवादी केन्द्रका नेता मणि थापा पनि फेसबुक चलाउन निकै अगाडि छन् । उनले प्रायः राजनीतिक बिषय स्ट्याटस मार्फत सार्वजनिक गर्छन् । उनको ट्वीटर manithapa454 अकाउण्टमा जम्मा ६२ जना फलोअर्स छन् । त्यस्तै माओवादी केन्द्रकै नेता लोकेन्द्र विष्ट पनि सामाजिक सञ्जालतिर निकै देखिन्छन् । कार्यकर्ताले धानेको माओवादी नेपाली कांग्रेस सामाजिक संजालमा उदाशिन देखिन्छ भने एमालेले आफ्नो प्रचारात्मक र प्रोपोगाण्डामुलक राजनीति सामाजिक सञ्जालबाटै धान्छन् । तर माओवादी नेताहरुमा कुनै प्रतिकृया नै देखिँदैन । अझ एमालेका नेताहरुले कुनै नयाँ राजनीतिक निर्णय या घटनाक्रमबारे आफ्नो पार्टीको धारणा समेत सम्प्रेषण गरेको पाइन्छ । नेताले सार्वजनिक गरेको धारणालाई कार्यकर्ताले पकड्छन् र सामाजिक संजालमा आफ्नो प्रचार वा अरुको विरोध गर्छन् । ठीक उल्टो माओवादी नेताहरु उदाशिन भेटिन्छन् । उनीहरु न आफ्ना धारणा राख्छन्, न नराम्रा कामको विरोध गर्छन् न राम्रा कामको समर्थन नै गरेको भेटिन्छ । माओवादीका केही नेताहरुलाई छोडेर भन्दा कार्यकर्ताले नै सामाजिक सञ्जालको राजनीतिक मोर्चा सम्हालिरहेका छन् । मजदुर, वाइसीएल, विद्यार्थी, किसान लगायतका भातृ संगठनका नेताहरु र पार्टीका मध्यमस्तरका नेताहरुले सामाजिक संजालमा बढी सक्रियता देखाइरहेका छन् । माओवादीभित्र यसबारे नेताको सार्वजनिक आलोचना समेत हुने गरेको छ । माओवादीको यो मोर्चा कार्यकर्ताले धानिदिएको जस्तो देखिन्छ । बाबुरामका स्ट्याटसः राजनीतिकदेखि आर्थिकसम्म सामाजिक सञ्जालदेखि प्रविधिको राम्रो उपयोग गर्ने नेतामा पहिलो नम्बरमा पर्छन्, नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई । सामाजिक सञ्जालबाटै उनले राजनीतिक प्रचारप्रसार तथा विचार प्रवाह पनि गरिरहन्छन् । फेसबुक र ट्वीटरमा भट्टराईको धेरै साथी छन् । \"brb-twitter\" Drbaburambhattrai नाम रहेको उनको फेसबुक पेजमा १२ लाख १२ हजार ४ सय ७४ जनाले लाइक गरेका छन् । बेलाबखत फेसबुक स्ट्याटसले निकै चर्चा कमाउने गरेका भट्टराई ट्वीटरमा पनि निकै अगाडि रहेका छन् । माओवादी पूर्व नेता भट्टराईले जनयुद्धकालिन नाम लालध्वजबाट ट्वीटर ह्याण्डिल बनाए पनि माओवादी त्यागेपछि जनयुद्धकालिन नाम पनि हटाउँदै गएका छन् । उनले बीआरबीलालध्वज ह्याण्डिलबाट brb1954 नामक ट्वीटर ह्याण्डिल बनाएका छन् । उनलाई ट्वीटरमा ५ लाख ७० हजारले पछ्याइरहेका छन् । उनले जम्मा २ सय ४७ जनालाई फलो गरेका छन् । राजनीतिक, सामाजिक, आर्थिक जस्ता स्ट्याटसहरु उनले बढी पोष्ट गर्छन् । अनलाइमा आएका प्रचारमुखी समाचारहरु पनि सेयर गरिरहन्छन् । सामाजिक सञ्जालमा जोडिनुअघि नै भट्टराईले आफ्नो ब्लग चलाउँदै आएका थिए । प्रविधिको राम्रै उपयोग गरेका भट्टराईको www.baburambhattarai.com वेबसाइट सञ्चालनमा छ । उक्त साइटमा भट्टराईले आफ्ना जीवनी, फोटो संग्रह, राजनीतिक दस्तावेजहरु राखेका छन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies