
विकास र समृद्धिकालागि सङ्घीय व्यवस्थाको विकल्प छैनः मुख्यमन्त्री भट्ट

-
-
फागुन ७ गते, २०७७ - १६:२५

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा दिवस मूल समारोह समितिद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले ठूलो बलिदानी र त्यागवाट प्राप्त सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विरोध गर्नेबाट सजग हुनु पर्नेमा जोड दिए। जनचाहनाअनुसार अहिलेको व्यवस्था ल्याइएको उल्लेख गर्दै उनले भने, “केहीले यो व्यवस्था ठीक छैन, प्रदेश नै आवश्यक छैन भन्नेजस्ता भ्रम फैलाउने कार्य गरिरहेका छन्, यस्ता भ्रमबाट सबै सजग हुनु पर्दछ ।”
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले गरिरहका कामको परिणाम आउन समय लाग्ने बताउँदै प्रदेशको विकासका लागि हिजोको भन्दा फरक ढङ्गले काम गर्नु आवश्यक छ भने।
सो अवसरमा मुख्य मन्त्री भट्ट, प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त, सभामुख अर्जुनबहादुर थापाले संयुक्तरुपमा सुदूरपश्चिम प्रदेश सरकारले गएकोे तीन वर्षको अवधिमा गरेका उपलब्धि समेटिएको पुस्तक सार्वजनिक गरेका थिए।
समारोहमा प्रदेश सरकारका मन्त्री, र उच्च पदस्थ कर्मचारी, प्रदेश सभा सदस्य उपस्थित थिए ।
यसअघि आजै मुख्यमन्त्री कार्यालयबाट शुरु भएको प्रभातफेरी बजारका मुख्य मुख्य भाग हुँदै आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिसरमा पुगेपछि मुख्य समारोहमा परिणत भएको थियो । सुदूरपश्चिम प्रदेशमा प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा गठन भएको मूल समारोह समितिको पहलमा यही फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...
