Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ : ज्याकेटका भरमा ड्युटी

इलाम । सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ ।

यसरी खटेका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त सुविधा (ज्याला) छुट्याएको छैन भने रासनसमेत बढाएको छैन । जिल्लामा आएकै रासन मिलाएर सीमामा खटेका सुरक्षाकर्मीलाई पठाउनुपर्ने बाध्यता छ । “हामीसँग पर्याप्त सुविधा छैन, राज्यको सुविधा नै सीमित भएकाले कम सुविधामै काम गर्नुपरेको छ”, सशस्त्र प्रहरी कार्यालय इलामका प्रमुख सुधीरजङ्ग थापाले भने, “जति छ त्यतिमै चित्त बुझाएर सुरक्षामा खटेका छौँ ।”

जिल्लाको जौबारी र सन्दकपुरमा सुरक्षाका लागि बीओपी स्थापना भएको छ । यी दुईस्थान तीन हजार मिटरभन्दा बढी उचाइका छन् । यी क्षेत्रमा वर्षमा पाँच महिना हिउँ पर्छ तर सुविधा नबढाउँदा समस्यासँग जुझ्दै सुरक्षामा खटिनुपरेको छ । आवास र सुविधा बढाउन जिल्ला सुरक्षा समितिको बैठकमा जानकारी पनि गराइन्छ तर सुनुवाइ नहुँदा जत्तिको तत्तिमै चित्त बुझाएर सुरक्षामा खटिनुपरेको छ ।

इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बीसे, कालपोखरी र जौबारीमा बीओपी स्थापना गरिएको छ । पशुपतिनगरमा बाहेक सबै स्थानमा यसै वर्ष बिओपी स्थापना गरिएको हो । प्रत्येक बीओपीमा २०/२० जनाको दरमा सशस्त्र प्रहरी खटाइएको छ । “अरू सुविधा नभए पनि हिउँबाट जोगिनका लागि स्लिपिङ ज्याकेट मात्रै भए पनि ड्युटी गर्न केही सजिलो हुन्थ्यो”, प्रमुख थापाले भने, “मोटरसाइकलमा ओहोरदोहोर गर्नुपर्छ । गाडीको सुविधा भए जाडोमा कतै जानसमेत सहज हुन्थ्यो ।”

सशस्त्र प्रहरीको मात्र होइन सीमामा खट्ने नेपाल प्रहरीको हविगत पनि उस्तै छ । सीमाभन्दा केही तलको भूभागमा राखिएका प्रहरी कार्यालयमा पनि लत्ताकपडाकै समस्या छ । जिल्लामा खटिएकै जतिमात्र लत्ताकपडा र रासन आउँछ र त्यही बाँड्नु पर्ने बाध्यता छ । “माग गरे जति दरबन्दी आएको छैन । भएकै जवान खटिनुपर्छ”, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीन राईले भने, “यसले गर्दा एकै जना व्यक्ति ड्युटीका लागि धेरैतिर पुग्नुपर्छ ।”

राईका अनुसार जिल्लाका लेकाली क्षेत्र कालपोखरी, जौबारी, साकफारा र चिसापानी जस्ता विकट र लेकाली क्षेत्रमा रहेका प्रहरी कार्यालयमा ड्युटी गर्न अत्यन्तै कष्टकर छ । सीमामा प्रहरी पुग्दा नागरिकले सुरक्षा महसुस त गरेका छन् तर पूर्वाधार र स्रोतसाधन नहुँदा समस्या भएको हो । सीमामा सुरक्षाकर्मी खटाएपछि आपराधिक गतिविधि र भारतीय सीमा प्रहरीको नेपालतर्फ हैकमसमेत कम भएको छ तर नेपाली सुरक्षाकर्मीको आफ्नै समस्याले गर्दा पर्याप्त सुरक्षा दिन सकिएको छैन ।

यता जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले स्थापना भएका सीमा सुरक्षा पोष्टलाई थप व्यवस्थापनको काम अघि बढाउन माथिल्लो निकायसँग आग्रह गरिएको बताएका छन् । सीमा रक्षा, संवेदनशील क्षेत्रको संरक्षण, चोरी निकासी र तस्करी नियन्त्रणको काममा सुरक्षा पोष्टका सुरक्षाकर्मी खटिने भएकाले थप व्यवस्थित बनाउन निर्माणको काम पनि थालिएको बरालले जानकारी दिए। यस्तै प्रदेश नं १ का आर्थिक मामिला तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले पनि सुरक्षामा खटिएका प्रहरीलाई सुविधामा वञ्चित हुन नदिने बताए पनि कार्यान्वयन हुन सकेको छैन ।

नेपाल–भारत सीमा क्षेत्रको इलामले छोएको साढे ५२ किलोमिटर सिमानामा सात वटा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छन् । इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बीओपी र एउटा प्रहरी चेकपोस्ट छ । सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि दुई/दुई किलोमिटरमा बीओपी रहेका छन् । भारतको तुलनामा नेपालतर्फको सुरक्षा कमजोर छ तर पछिल्लो समय सरकारले बढाएको सुरक्षाले सीमावर्ती नागरिकले धेरै सुरक्षा महसुस गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies