


ऐँसेलुखर्कका सबै विद्यालयको कक्षाकोठा प्लाष्टर गरिदै


-
-
मंसिर ३० गते, २०७७ - ०८:५३

खोटाङ । ऐँसेलुखर्क गाउँपालिकाले विद्यालयको कक्षाकोठालाई धुलोरहित बनाउने तयारी गरेको छ । गाउँपालिकाले ढुङ्गामाटोबाट बनाइएका विद्यालयका कक्षाकोठालाई प्लाष्टर गर्दै धुलोरहित बनाउने तयारी गरेको हो । चालु आर्थिक वर्षभित्र सबै ४३ सामुदायिक विद्यालयका कच्ची भवनका कक्षाकोठालाई धुलोमुक्त बनाउने गरी काम अघि बढाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए। “गाउँपालिकामा २७ प्रावि, आठ आधारभूत र आठवटा मावि छन्”, उनले भने, “पठनपाठनका क्रममा छात्र/छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयका कक्षालाई धुलोरहित बनाउने अभियान चलाइएको हो ।”
कक्षाकोठालाई धुलोमुक्त बनाउन गाउँपालिकाले मङ्सिर २१ गते सामुदायिक विद्यालयलाई प्रस्ताव आह्वान गरेको थियो । कक्षाकोठालाई धुलोमुक्त बनाउन भुइँमा र भित्तामा प्लाष्टर गरिने गाउँपालिकाले जनाएको छ । कक्षाकोठा प्लाष्टर गर्नका लागि लाग्ने अनुमानित रकम माग गरेका आधारमा आर्थिक सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गत वर्ष केही विद्यालयको कक्षा धुलोरहित बनाइएकामा चालु आर्थिक वर्ष सबै कक्षालाई धुलोरहित बनाउने अभियान थालिएको गाउँपालिका प्रमुख निरौलाले बताए । चालु आव ३२ विद्यालयको धुलाम्मे कक्षामा प्लाष्टर गर्ने÷गराउने तयारी भइरहेको जनाइएको छ । यसका लागि विद्यालयलाई आगामी पुस ५ गतेभित्र प्रस्ताव पेश गर्न भनिएको गाउँपालिकाले जनाएको छ ।
यसैबीच गाउँपालिकाले सबै माविमा इ–लाइब्रेरीको व्यवस्था गर्ने भएको छ । पुस्तकलाई व्यवस्थापन गर्न असहज भएको सन्दर्भमा गाउँपालिकाले आठ माविमा तीन हजार २०० पुस्तक भएको एक/एक वटा इ–लाइब्रेरी स्थापना गर्न लागेको हो । इ–लाइब्रेरीमा विभिन्न कक्षाका पाठ्यपुस्तक, सन्दर्भ सामग्रीदेखि अन्य विभिन्न विषयका पुस्तक राखिने गाउँपालिका प्रमुख निरौलाले बताए । इ–लाइब्रेरी स्थापनाका लागि गाउँपालिकाले रु चार लाख ५० हजार रकम विनियोजन गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
विलमिङटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी...संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा...बस र ट्रक एक आपसमा ठोक्किदा एघार जनाको मृत्यु
नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना...इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु
जाकार्ता । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको...मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन...जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८...
