Khabar Dabali Logo
  January 21, Thu

‘विप्रेषणले मुलुकको अर्थतन्त्र चलायमान’

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । सङ्घका पूर्वअध्यक्ष महेन्द्र शेरचनले महासङ्घको ५४औँ वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा वस्तुगत समूहका कार्यकारिणी समितिका सदस्यलाई आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरे ।

सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले भोग्नुपरेका समस्या समाधान गर्न आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। विप्रेषणले नै मुलुकको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै उनले विप्रेषण भित्र्याउन मुख्य भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीले व्यहोर्नुपरेको कठिनाइ समाधान गर्नुपर्नेमा जोड दिए।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले झण्डै दुई दशकदेखि आफू वैदेशिक रोजगार व्यवसायीसँगसँगै रहेको र व्यवसायीलाई परेको समस्या समाधान गर्न लागिपरेको बताए। तत्कालीन संविधानसभा सदस्य समेत रहनुभएका शेरचनले निजी क्षेत्रको छाता सङ्गठनका रुपमा रहेको महासङ्घले वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए । सङ्घका अध्यक्ष विष्णु गैरेले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन उनीहरुको सीप, क्षमता र योग्यताको तथ्याङ्क सङ्कलन गरिनुपर्नेमा जोड दिए ।

मंसिर २५ गते, २०७७ - १५:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...   

वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...   

फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल

हेटाै‌डा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...   

प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...   

ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो

ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...   

प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...   

भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...   

९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...   

भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै

काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...   

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top