Khabar Dabali Logo
  January 19, Tue

मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द हुने

पर्वत । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न दैनिक साढे तीन घण्टा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा आज बसेको सर्वपक्षीय बैठकले लोकमार्गको अप्ठेरो भिरमा कटान गर्नका लागि यही मङ्सिर २१ गते आइतबारदेखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय गरेको छ । लोकमार्गको कुश्मा नगरपालिका–७ खरेहादेखि वडा नं ८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय बैठकले गरको छ । सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निर्णय गरिएको कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए ।

सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ । लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको छ । खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्लाबीचको दूरीमा रहेको भिरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण अघि बढाउन लागिएको हो ।

सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिए। आयोजनासँग ३६ महिनामा निर्माण काम सक्ने गरी सम्झौता भए पनि गत भदौमा सम्झौता अवधि सकिसकेको छ । कोभिड–१९ का कारण झण्डै सात महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि शुरुआत भएको थियो ।

पर्वतखण्डमा सडक स्तरोन्नतिको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन पनि शुरु गरिएको हो । कम्पनीका प्रतिनिधि राजाराम आचार्यका अनुसार जाडो नबढेसम्म कम्तीमा पनि पाँच किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ । अनुकूल भएसम्म कास्की र पर्वतको सिमानासम्म कालोपत्रे बिच्छ्याउने काम निरन्तर हुने उनले बताए । “तापक्रम पुग्ने र वर्षाले नरोकेसम्म कालोपत्रे बिच्छ्याउने काम भइरहन्छ ।” उनले भने, “सडकको बाँकी खण्डमा पनि काम निरन्तर भइरहन्छ ।”

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले रु ८३ करोड ९८ लाखमा ठेक्का लिएको हो । सो खण्डको २३ किलोमिटरमध्ये संरचनाको काम ९८ प्रतिशत सकिएको छ । बागलुङको सिमाना मालढु«ङ्गादेखि नयाँपुलसम्म करिब पाँच किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण सो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरि कालोपत्रे गर्नुपर्ने अवस्था छ ।

“अहिले बाँकी रहेको संरचनाको काम र बेस राखेको ठाउँमा कालोपत्रे बिच्छ्याउने काम शुरु भएको छ ।” प्रोजेक्ट म्यानेजर भुसालले भने, “बाँकी काम पनि यसै आर्थिक वर्षमा सबै काम पूरा हुन्छ, पहिलेजस्तो काम रोकिने अवस्था छैन ।” सडक निर्माण कार्य लामो समयसम्म अलपत्र भएपछि व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधनसमेत गरेर काम थालिएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख मेघराज मरासिनीले अहिले पर्वत र बागलुङ खण्डमा तीव्ररुपमा काम भइरहेको जानकारी दिए। चालु आवभित्रै सबै काम सम्पन्न हुने गरी काम भइरहेको उनको भनाइ रहेको छ ।

मंसिर १९ गते, २०७७ - १५:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन...   

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न...   

ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार, कठ्याङ्ग्रिएर चार जनाको मृत्यु

धनुषा । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही...   

पेट्रोल तथा डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य वृद्धि गरेको छ । साेमबार रातिदेखि लागू...   

अबका दिनमा किसानलाई कहिल्यै मलको अभाव हुँदैन : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम...   

भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो

इलाम । विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो ९अम्लिसो० को भाउ बढेपछि किसान औधी रमाएका छन् । उनीहरु...   

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बस सेवा शुरु

काठमाडौं । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले...   

अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा

सोलु । गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज...   

ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा

काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन...   

प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने

काठमाडाै‌ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top