


युरिया मल आएपछि पर्साका किसान हर्षित


-
-
मंसिर १६ गते, २०७७ - १६:२४

पर्सा । रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् । साउनदेखि युरिया मलको अभाव हुँदा गहुँ खेती प्रभावित भएपछि यहाँका किसान निराश भए पनि केही दिनयता युरिया मल आउन थालेपछि यहाँका किसानलाई गहुँ खेती गर्न सहज भएको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही दिनयता युरिया मल ल्याउन थालेको छ । नेपालका लागि तेस्रो मुलुकबाट ३० हजार मेट्रिक टन युरिया ल्याउनुपर्नेमा हालसम्म एक हजार मेट्रिक टन युरिया तथा चार हजार ६०० मेट्रिक टन पोटास वीरगञ्ज कार्यालयमा आइसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए। तीमध्ये पर्साका लागि १२ हजार ५०० मेट्रिक टन युरिया चाहिन्छन् ।
स्विस सिङ्गापुर सप्लायर्सले कोलकाता बन्दरगाह हुँदै रेलमार्गमार्फत वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा सो रासायनिक मल ल्याउने गरेको छ । मङ्सिर महिनाभित्र सबै ३० हजार मेट्रिक टन युरिया मल आइपुग्ने सो कार्यालयले जनाएको छ । गहुँ धान, मकैलगायत बर्खेबालीका लागि आवश्यक पर्ने भएकाले अब सो मल आउन थालेपछि यो अभाव समाप्त भएको बताइएको छ ।
लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका जिल्लाका किसानले युरिया मल पाउन थालेपछि धमाधम गहुँ खेती शुरु गरेको किसान विजय पण्डितको भनाइ छ । सो कार्यालयले धान खेतीलाई लक्ष्य गरी जिल्लामा असार महिनासम्म युरिया मल बिक्री गरेको थियो तर मल सकिएकाले सोको अभावमा धान खेती प्रभावित हुन गएको थियो ।
यसअघि सो कार्यालयले जिल्लाका १४ स्थानीय तहमा युरिया मल बिक्री गर्ने पुराना सहकारी संस्थाले मल बिक्री गर्दा अनियमितता गर्ने गरेकाले तिनलाई खारेज गरी अबउप्रान्त स्थानीय तहले सिफारिस गरेको सहकारी संस्थालाई मात्र मल बिक्रीवितरण गर्ने अधिकार दिइएको छ । एउटा डिलरलाई ४० बोरा युरिया, ४० बोरा पोटास र ८० बोरा डिएपी बिक्रीका लागि दिने गरिएको छ । ती संस्थाले स्थानीय तहले निर्धारण गरेको मूल्यमा मात्र रासायनिक मल बिक्री गर्न पाउनेछन् ।
सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलरमार्फत आर्थिक वर्ष २०७६/७७ मा रु ३६ करोड ९३ लाख सात हजार ८६० मूल्य बराबरको करीब १४ हजार ८५९ दशमलब ४५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ। आयोगले...प्रधानमन्त्री भनेर छोड्न हुन्न, उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
काठमाडौँ । कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित...बरिष्ठ अधिवक्ता घिमिरे भने-प्रधानमन्त्रीको लिखित जवाफ देखेर अन्जु पन्तको गीत याद आयो
काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार संवैधानिक इजलासमा बहस गर्दै बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले...ओली जुन तरिकाले आउँछन्, हामीहरू त्यही ढंगले अघि बढ्छौं : प्रचण्ड-नेपाल समुह
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जुन...सुनको मूल्य घट्यो, तोलाको कतिमा झर्याे ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा...सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि
सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२०...स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा...देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रकम गुम्यो
काठमाडौं । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...

प्रतिकृया लेख्नुहोस्:
- प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
- फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण
- जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुमन पक्राउ
- होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जना पक्राउ
- मध्यपुरथिमिमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु: भएन सनाखत