


नेपालमा एचआइभी सङ्क्रमितको संख्या ३१ हजार २० पुग्यो, बागलुङमा मात्रै ६४ जनाको मृत्यु


-
-
मंसिर १६ गते, २०७७ - १२:४२

बागलुङ । आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थालेका हुन । धौलागिरि अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितहरुको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारलगायतका कारण सङ्क्रमितहरु खुलेर आउन थालेका हुन् ।
एचआइभी सङ्क्रमितहरु पनि अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमूनाहरु सङ्कलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितहरु खुल्न थालेको धौलागिरि अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताउनुभयो ।
“एआरटी सेन्टरले सङ्क्रमित आमाबाट जन्मेका बालवालिकालाई अस्थायी रुपमा पोषण गृहमा राखेर समेत स्यारसुसार गर्दै आइरहेकोे छ”, आचार्यले भने “सङ्क्रमित भएको भन्ने लागेमा निर्धक्क भएर परीक्षणमा आउन सक्नुहुनेछ, हामीले गोप्य रुपमा औषधि उपचार गर्नेछौं ।” सेन्टरले एचआईभी एड्स सम्बन्धी गैह्र सरकारी संस्थाको सहयोगमा सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषण लगायतका धेरै सेवा तथा सुविधाहरु उपलव्ध गराउदै आएको छ । सो सेन्टरमा अहिले खुलेर आएका सङ्क्रमितहरु ४०७ पुगेका छन् जसमध्ये १६४ ले बागलुङ सेन्टरबाट नियमित औषधि उपचार गरेका छन् भने अन्यले कुस्मा, म्याग्दीबाट सेवा लिइरहेका छन् । बाँकी सक्रमित परामर्शका लागि आइराखेका हुन्छन् ।
सेन्टरको तथ्याङक अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दो छ । गोप्यरुपमा परीक्षण तथा परामर्श पाउने भएपछि सङ्क्रमितहरु खुलेर आउन थालेपछि तथ्याङ्कमा वृद्धि भएको छ । वर्षमा २० देखि २५ जना सङ्क्रमित थपिनुले उनीहर विस्तारै खुल्दै आएको अनुमान गर्न सकिने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा। रविनबाबु पौडेलले बताए । जिल्लामा हालसम्म ६४ सङ्क्रमितको मृत्यु भइसकेको छ ।
हाल उक्त सेन्टरलाई धौलागिरि पोजेटीभ समूह तथा एड्स हेल्थ केयर फाउण्डेशन तथा स्थानीय तहले आर्थिक सहयोग गर्दै आइरहेका छन् । सेन्टरमा खुलेका सङ्क्रमितलाई गोप्यरुपमा परामर्श, औषधि तथा अन्य सेवा प्रदान दिएपछि सङ्क्रमितहरु खुल्न थालेको एड्स हेल्थ केयर फाउण्डेशनका प्रतिनिधि सुषमा क्षेत्रीले जानकारी दिए। नेपालमा सङ्क्रमितको सङख्या ३१ हजार २० रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा...सुमो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु
सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार...प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री...सडकका विषयमा विवाद चर्किएपछि वडाध्यक्षमाथी ढुङ्गा प्रहार
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उहाँ सख्त घाइते हुनुभएको छ...अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन
काठमाडौं । प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। विघटनविरूद्ध...ओलीलाई प्रचण्डले भने : तपाई जनताले बनाएको प्रधानमन्त्री हैन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले...प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
काठमाडौं । आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका...मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा...

प्रतिकृया लेख्नुहोस्:
- आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
- प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड
- अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली
- तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
- संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन
- लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल
- सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
- आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड
- जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते
- प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह