


३६० कोरोना सङ्क्रमितको भोकै बसेर उपचार


-
-
मंसिर १० गते, २०७७ - १५:०७

चितवन । यहाँ सञ्चालित आइसोलेशनमा रहेका ३६० सङ्क्रमितको उपवास विधिबाट उपचार गरिएको छ । प्राकृतिक चिकित्सा पद्धतिको विधिबाट उनीहरु निको भएर घर फर्किएका छन् ।
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागीश्वरीमा सञ्चालित आइसोलेशनमा रहेकालाई डा हेमराज कोइराला नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ । कोइरालाका अनुसार उपवास गर्दा व्यक्तिले निश्चित समयका लागि खाना त्याग गर्ने वा क्यालोरी ग्रहणमा रोक लगाउने गर्छ ।
आधुनिक चिकित्सा विज्ञानमा पनि उपवास गरेर अनेक असाध्य रोग जित्न एवं रोकथाम गर्न सकिने तथ्य पत्ता लगाइसकेको उनको भनाइ छ । सन् २०१६ मा जापानका वैज्ञानिक यासुनुरी यसुमीलाई उपवास फिजियोलोजीमा गरेको महत्वपूर्ण खोज एवं अनुसन्धानका कारण नोबेल पुरस्कारद्वारा सम्मान गरिएको जनाइएको छ ।
अधिकांश भाइरस सङ्क्रमणको औषधि भनेकै प्रतिरक्षा प्रणालीको सशक्तीकरण नै भएको बताउँदै उनले भने,“उपवास यस्तो फिजियोलोजीकल विधि हो, जसको विधिवत् प्रयोग गर्न जाने प्रतिरक्षा प्रणालीलाई तुरून्त सशक्त बनाइदिन्छ र कोभिड–१९ जस्तो घातक रोगबाट बचाउँछ ।”
कोभिड–१९ मा सरल तरिकाले गर्न सकिने भनेको आवधिक उपवास हो । सङ्क्रमितले २४ घण्टाको समयलाई आठ घण्टा खाना खाने समय र १६ घण्टा भोकै बस्ने समय भनेर छुट्याएको हुन्छ । यसरी छुट्याउँदा बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्मको अविधिलाई खाना खाने समय र साँझ ५ः०० देखि बिहान ९ः०० बजेसम्मको अवधिलाई भोकै बस्ने समय भनेर छुट्याउँदा राम्रो हुने डा कोइराला बताउछन् । आइसोलेशनमा त्यहीअनुरुप तालिका बनाएर खाना खाने र उपवास बस्ने व्यवस्था गरिएको छ ।
उनले भने,“यसमा ८/१६ को समयलाई ६/१८ र विस्तारै बढाएर ४/२० पनि गर्न सकिन्छ । यसरी खाना खाने र भोकै बस्ने अवधि छुट्याएर उपवास बस्दा खाना खाने अवधिमा भने प्रशस्त मात्रामा पौष्टिक तत्व लिनुपर्ने हुन्छ ।” खानामा विशेषतः उच्च रेशा र चोकर भएको, झोलिलो, प्रशस्त भिटामिन एवं एण्टिअक्सिडेण्टयुक्त खाना खानुपर्ने उहाँको सुझाव छ ।
उहाँका अनुसार हाम्रो शरीरमा विद्यमान कोषमा दैनिक हजाराँै जैविक रासायनिक क्रिया भइरहेका हुन्छन् । ती क्रियाको उपजस्वरूप कोषमा अनेकौँ प्रकारका काम नलाग्ने, विषाक्त एवं उत्परिवर्तित रसायनको उत्पादन पनि भइरहेको हुन्छ ।ती रसायनका साथै काम नलाग्ने कोषीय अङ्ग वा बाहिरबाट आएका रोगकारक जीवाणु, विषाणु, ढुसी वा परजीवीले पनि कोषलाई क्षति पु¥याउने उहाँको भनाइ छ ।
शरीरको कोषमा उपवासका कारण खाना नभएपछि ऊर्जास्तर घट्दै जान्छ । त्यस्तो अवस्थामा शरीरमा रहेका काम नलाग्ने तर पचाउन सकिने भाइरस, प्रोटिन जस्ता वस्तुलाई पचाएर शरीरले ऊर्जा लिने उहाँको भनाइ छ । यसरी नै उपवासका माध्यमबाट वागेश्वरीको आइसोलेशनमा रहेका सङ्क्रमितको सफल उपचार गरिएको डा कोइराला बताउनुहुन्छ ।
त्यहाँ लक्षण देखिएका बिरामीको उपचार गरिँदै आएको छ । भरतपुर महानगरपालिकाले भदौ १४ गतेखि सञ्चालन गरेको उक्त आइसोलेशनमा हाल १३ सङ्क्रमित छन् । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आइसोलेशन सञ्चालनमा लाग्ने सबै खर्च महानगरले व्यहोर्दै आएको छ । हाल उपवास विधिबाट देशकै नमूना आइसोलेशनका रुपमा यहाँ सङ्क्रमितको उपचार भइरहेको उहाँको भनाइ छ । दाहालका अनुसार महानगरपालिकाले समिति निर्माण गरी त्यसको व्यवस्थापन गर्दै आएको छ ।
प्राकृतिक चिकित्सा विधिबाट आइसोलेशन सञ्चालनपूर्व महानगरपालिकाले नेपालमै पहिलो पटक कोरोना अस्थायी अस्पताल निर्माण गरी सङ्क्रमितको उपचार शुरु गरेको थियो । सो अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिएपछि महानगरले वागेश्वरीमा आइसोलेशन सञ्चालन गरेको हो । त्यहाँ महानगरपालिकाका बासिन्दालाई सबै निःशुल्क हुने गरी उपचार गरिएको दाहालको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डजस्तो इमान्दार...नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन...संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
विलमिङटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी...संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा...बस र ट्रक एक आपसमा ठोक्किदा एघार जनाको मृत्यु
नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना...

प्रतिकृया लेख्नुहोस्:
- हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
- आखेटोपहार र बन्दुकसहित ५ जना पक्राउ
- संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
- मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ