Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

दिनदिनै नयाँ रेकर्ड बनाउँदै नेप्से, आजपनि दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । लगातार उकालो लागेको बजारमा आज पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै नभई कारोवार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६.३२ सुधार आई एक हजार ७७८.१२ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ४१ करोड आठ लाख ४५ हजार ३१० बराबरको कारोवार भयो । यस्तै हिमालयन डिस्टिलरी रु २७ करोड सात लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड १२ लाख ९९ हजार ६५१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ३१ लख ५६ हजार १५२, नेको इन्स्योरेन्स रु १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट रु १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआइसी एशिया बैंक रु १५ करोड ६० लाख ८० हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

यस्तै कारोवारका आधारमा युनिलिभर नेपाल १०, तारगाँउ रिजेन्सी होटल १०, हिमालयन डिस्टलरी ९.९९ बोलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९।९८, साल्ट टे«डिङ कर्पोरेशन ९।९४, नेको इन्स्योरेन्स ९.९४, नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९,९४ प्रतिशतले कमाए ।

त्यसैगरी प्रभु बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फण्ड २.१८, एसबीएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies