Khabar Dabali Logo
  November 27, Fri

हुम्लामा हिमपात भएपछि चिसो ह्वात्तै बढ्यो

हुम्ला । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताए। लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताए ।

आज बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।

मंसिर २ गते, २०७७ - १०:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य...   

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद...   

संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी...   

नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि...   
घरायसी कामको जिम्मा महिलाको मात्र हो र ?

घरायसी कामको जिम्मा महिलाको मात्र हो र ?

कैलाली । कैलालीको टीकापुरकी रुपा विकको घरमा आठ जनाको परिवार छ । चार बालबालिका छन् उनीहरु विद्यालय...   

शरणार्थीको कोरोनाको उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौं । सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न...   

दिनहुँ घट्दै सुनको मूल्य, आज तोलाको कति छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी...   

भतिजको कुटाइबाट काकाको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको...   

काठमाडौँ महानगर भन्छ – तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको...   

चितवनकाे माडीमा बिओपी स्थापित

चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top