Khabar Dabali Logo
  November 25, Wed

बागलुङका अग्ला टापुमा आन्तरिक पर्यटकको चासो

बागलुङ । वर्षा रोकिएर हिउँदको आभाष भएसँगै बागलुङका अधिकांश टापुहरु मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने हिमश्रृंखला र खोँचका बस्तीका सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । साविकका जिल्ला विकास समितिको पहुँच कम हुँदा प्रतिफल लिन सकिने जिल्लाका कयौं टापुका नत प्रचार हुन्थ्यो नत प्रवद्र्धन नै । राज्यको पुनःसंरचना भएर गठन भएका स्थानीयतहले आफ्ना क्षेत्रका यस्ता टापुका पहिचान, प्रचार र प्रर्वद्धन थालेका छन् ।

बागलुङमा यस्ता टापुका प्रवद्र्धन मा युवा पुस्ताको सक्रियता पनि लोभलाग्दो छ । केही दिनअघि पत्रकार र पर्यटन प्रवद्र्धन मा सक्रिय ‘घुमन्ते समूह’मा आवद्ध युवा समूह जिल्लाको जैमिनी नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङखानीको सीमामा पर्ने हाँडीकोट पुग्यो । त्यहाँबाट देखिने हिमश्रृंखला र सूर्योदयको चर्चा सेलाएको छैन । घामको सुनौलो किरण हिमालमा पोखिँदाको दृश्यले युवालाई लालाहित बनायो । उनीहरु फर्किएपछि पस्किएका सामग्रीले हाँडीकोट पुग्ने इच्छा देखाएको बताउनुहुन्छ पत्रकार, सज्जनकुमार सिंह ।

पर्यटनको प्रबल सम्भावना भएर पनि हाँडीकोट ओझेलमा परेको उहाँको भनाइ छ । पर्यटकीय हाँडीकोटबाट सूर्योदय र सूर्यास्तसँगै मनोरम हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भू–भाग देखिन्छन् । जडिबुटी, वन पैदावर, दुर्लभ चरा र वन्यजन्तुको बासस्थान हाँडिकोटको अर्को विशेषता हो । दुई हजार १९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले पछाडि परेको स्थानीय बताउँछन् । जैमिनीले पदमार्ग र सडक मार्गमार्फत हाँडीकोट जोड्ने प्रयास गरेको छ । हरेक वर्ष पदमार्गको लागि लगानी भैरहेको र बृहत योजना बनाएर हाँडीकोट विकासमा लागेको नगर उपप्रमुख लिला राना बताउछन् । “यो जैमिनीको आर्थिक समृद्धिको आधार पनि हो”, उनले भने ।

बागलुङको बरेङ, गुल्मीको कालीगण्डकी र चन्द्रकोट गाँउपालिकाको सिमानामा पर्छ कौडेको धुरी । हाँडीकोट जस्तै कौडेको धुरी पनि सूर्योदय र हिमश्रृंखला देखिने दक्षिण बागलुङको अर्को टापु हो । केही दिनअघि त्यही टापुबाट पहिलोपटक बरेङ गाउँपालिका स्वास्थ्य संयोजक पदमबहादुर पुनले सूर्योदय देखे। दुई हजार १०० मिटरको उचाईमा रहेको सिग्दी ‘होम स्टे’देखि करिब दुई घण्टाको पदयात्रापछि कौडेकोे धुरी पुगिन्छ । बिहान ६ बजेर १९ मिनेटमा कौडे पुगेका पुनलगायत युवाले पूर्वि छितिजमा उदाएको सूर्य र पश्चिम छितिजमा अस्ताउँदै गरेको चन्द्र एकैपटक देखे, जुन दृष्य निकै मनमोहक थियो ।

पछिल्लो समय कौडेमा पुग्न चाहनेको निकै ठूलो जमात छ । त्यहाँबाट पर्वत, स्याङजा, पोखरा, पाल्पा, बुटवल, अर्घाखाँचीसम्मका भू–भाग देखिन्छन् । कुनै बेला बाईसे÷चौबिसे राजाले त्यस क्षेत्रबाट शासन चलाएको इतिहासमा उल्लेख छ भने लडाइँ गर्दा आफुहरु सरक्षित रहने बङ्करहरु र आफ्ना सेनाहरु परेड खेल्ने ठाँउको अवशेष पनि रहेको छ । जडीबुटी र वन पैदावरका दृष्टिले पनि कौडेकोे धुरी धनी छ । दुर्लभ चराचुरुङ्गी र मृग, बँदेलजस्ता वन्यजन्तुको बासस्थान रहेको तथा २ हजार ६५० मिटरको उचाइमा अवस्थित कौडेको लेक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको स्थानीय बताउँछन् । बरेङ गाउँपालिकाले कौडेको विकासका लागि हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ ।

“विनियोजित रकमले पदमार्ग निर्माण गरिएको छ तर पर्याप्त भएन”, सिग्दी सामुदायीक घरबासका अध्यक्ष हिराबहादुर पुन भन्छन्, “यहाँ तत्कालै गर्नुपर्ने धेरै काम छन्, खानेपानी, शौचालय र खाजा खानेसम्म ठाउँ छैन, होमस्टेदेखि नै व्यवस्था मिलाउने गरेको छ ।” स्थानीय सरकारको लगानी र युवाको सक्रियताले पर्यटकीय टापुहरुको विस्तारै प्रचारप्रसार र पहिचान हुन थालेको कौडेको धुरी पुगेका प्रकाश छन्त्याल बताउछन् । “अथाह सम्भावना छन्, तर बेवास्ता भैरहेको छ”, छन्त्याल भनृ, “कौडे र हाँडीकोटजस्ता धुरी बिदा मनाउनेका लागि उपयुक्त गन्तव्य हुन् ।” सरकारका तीनै तहले यस्ता पर्यटकीय क्षेत्रमा लगानी बढाउनुपर्ने घरबासका अध्यक्ष पुन बताउनुहुन्छ ।

कात्तिक २२ गते, २०७७ - ११:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तर्राष्ट्रिय उडान संख्या अझै बढाउने सीसीएमसीको निर्णय

काठमाडौँ । कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय...   

कोरोना विरुद्धको खोप प्रमाणित हुने बित्तिकै नेपालीले पाउँछन् : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित...   

पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ...   

उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...   

राजनीतिक प्रस्तावको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित छैन : प्रचण्डको सचिवालय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय...   

पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनालाई कोरोना, २४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...   

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन...   

नेपाल–भारत सम्बन्ध विदेश सचिवको भ्रमणले हार्दिकतातर्फ फर्कने अपेक्षा

काठमाडौँ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले...   

बैतडीमा जीप दुर्घटना हुँदा ५ को घटनास्थलमै मृत्यु, ४ जना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी...   

म्याग्दीका पूर्वाधार आयोजनाको काम अलपत्र

म्याग्दी । विसं २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तर्गत ७६...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top