Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भरतपुर महानगरको आइसोलेशनमा रहेकाको पिसिआर परीक्षण निःशुल्क

भरतपुर । भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पिसिआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ ।

महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ । महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएका महानगरवासीलाई उपचार गर्दै आएको छ । महानगरप्रमुख रेनु दाहालले आइसोलेशमा रहेकाको पिसिआर परीक्षण पनि महानगर आफैंले गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले गरिब, असहाय, कोरोना नियन्त्रणमा अग्र मोर्चामा रहेर काम गर्नेबाहेकको पिसिआर परीक्षण गर्न छोडेको छ । अन्यले आफ्नै खर्चमा पिसिआर गर्नुपर्ने हुन्छ । प्रमुख दाहालले भने, “हामीले आइसोलेशनमा बस्नेलाई आर्थिकरुपमा कुनै भार नहुने गरी परीक्षणसमेत निःशुल्क गर्ने भएका छौँ ।”

महानगरको आइसोलेशन नेपालकै नमूना भएको भन्दै उनले प्राकृतिक चिकित्सा पद्धतिबाट सङ्क्रमितको उपचार भइरहेको जानकारी दिए। स्थानीय तहले पहिलो पटक कोरोना नियन्त्रणका लागि भरतपुर महानगरले कोरोना अस्पतालसमेत स्थापना गरी सरकारी अस्पताललाई हस्तान्तरण गरेको भन्दै उनले कोरोना नियन्त्रणमा महानगरवासीको कुनै गुनासो नहुने गरी काम गरिरहेको दाबी गरे।

बागेश्वरी आइसोलेशनमा हालसम्म ३०९ जना भर्ना भएका छन् । जसमध्ये २४२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ६६ जना उपचाररत छन् । त्यहाँका चिकित्सक, कर्मचारी, ठाउँको व्यवस्थापन, औषधि, दैनिक खानाको व्यवस्थालगायतका सबै खर्च महानगरले बेहोरेको प्रमुख दाहालको भनाइ छ ।

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाका अनुसार आइसोलेशनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार गरिएको छ । जसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस पदार्थ खान दिइएको छैन । उनले भने, “भाइरस मारेर ऊर्जा उत्पादन गर्ने प्रक्रिया शुरु गरेका छौं”, यस विधिलाई जाइनो फेजी भनिन्छ ।”

डा कोइरालाले यस विधिमा आठ घण्टा खाने र १६ घण्टा भोकै बस्ने जानकारी दिनुभयो । “खाना नखाएपछि शरिरका कोषलाई ऊर्जा पुग्दैन”, उनले भने, “ऊर्जा नपुगेपछि कोषभित्रको भाइरस मारेर ऊर्जा उत्पादन गर्न थाल्छ ।” आइसोलेशनमा रहेकालाई प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिएको उनको भनाइ छ ।

नियमित व्यायमसँगै खानपिनमा ध्यान दिइएको छ । मधुमेह भएकालाई अरुलाई भन्दा फरक खानाको व्यवस्था गरिएको उहाँले जानकारी दिए । जसका कारण १० देखि १२ दिनमा सङ्क्रमितलाई निको पार्न सकिएको कोइरालाले जानकारी दिए । आइसोलेशनमा रहेकामध्ये १० प्रतिशत लक्षण भएका छन् भने अन्य लक्षण नभएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies