Khabar Dabali Logo
  December 1, Tue

डोटीमा कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब सङ्कलन

डोटी । जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्तिहरु पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको हो । कारागार प्रशासन प्रमुख शेरबहादुर बोगटीका अनुसार कैदीबन्दी, सुरक्षामा खटिएका नेपाली सेना, प्रहरी तथा कारागार प्रशासनका कर्मचारी गरी जम्मा २५ जनाको स्वाब सङ्कलन गरी जिल्ला अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको हो ।

जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कारागारमा कोरोना जोखिम नहोस् भन्ने उद्देश्यले कैदीबन्दीसहित सुरक्षाकर्मीको स्वाब सङ्कलन गर्न शुरु गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताए । उनले भने, “कारागारमा कोरोना सङ्क्रमण देखिए कैदीबन्दीलाई समस्या निम्तिने भएकाले हामीले आजबाट सबैको स्वाब सङ्कलन गरी जाँचका लागि पठाउन थालेका छौँ, आशा छ सबैको रिपोर्ट नेगेटिभ आउने छ ।” कारागारमा कोरोना भित्रिन नदिनका लागि कैदीबन्दी भेटघाटलाई समेत बन्द गरिएको छ । जिल्ला कारागारमा हाल ४५ विभिन्न मुद्दाका कैदीबन्दी जेल जीवन बिताइरहेका छन् ।

कात्तिक १३ गते, २०७७ - १२:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अब कारागार संघ र प्रदेशको मातहतमा रहने

काठमाडौँ । सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गीकरण गर्ने भएको छ । कारागारसम्बन्धी...   

आज पनि नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार

काठमाडाै‌ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल...   

अब ७७ वटै जिल्लामा टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ...   

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौं । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको...   

सरकारद्वारा विज्ञापन बोर्ड गठनः पाँच सदस्य नियुक्त

काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले...   

भारतसँगको संवादको स्थिति ट्रयाकमा फर्केको छ – डा भट्टराई

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले नेपाल र भारतबीचको संवाद...   

कोरोना संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा...   

सोमबार थप १४ सय ७४ मा कोरोना संक्रमण, १९ सय ३१ डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...   

मुख्यमन्त्री भन्छन् – अब रोग र भोकले नागरिकको ज्यान जादैन, घरघरमा सेवा दिन्छौ

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको...   

मार्च महिनापछि अष्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे

सिड्नी । कोरोना भाइरसको प्रकोप शुरु भएपछि मार्च महिनापछि अष्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top