Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कोरोनाबाट एकैदिन २६ जनाको मृत्यु, बीपी प्रतिष्ठानमा मात्रै ७ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट बिहीबार एकैदिन देशभर २६ जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै ७ जनाको मृत्यु भएको छ ।

सुनसरीको धरान–७ की ६३ वर्षीया महिला, धरान–१५ का ६१ वर्षीय पुरुष, धरान–९ की ४४ वर्षीया महिला र ५८ वर्षीय पुरुष, इटहरी–२० की ७५ वर्षीया महिला, तेह्रथुमका ३१ वर्षीय पुरुष र तेह्रथुमकै दाङपा–१ का ४९ वर्षीय पुरुषको प्रतिष्ठानमा मृत्यु भएको हो ।

धरान–१५ का ६६ वर्षीय पुरुष र मोरङको विराटनगर–४ का ५० वर्षीय पुरुषको बुधबार राति कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । यस्तै, विराट नर्सिङ होममा सुन्दरहरैंचा–५ की ४० वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

त्यस्तै विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत सिरहाको लहान–६ का ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ ।

बुधबार बिहान स्वाब दिएपछि साँझ घरमै मृत्यु भएका मकवानपुरको हेटौंडा–९ का ७७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । हेटौंडा–९ कै ६८ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताए । एक महिनादेखि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचाररत काभ्रेको बनेपा–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाले बताए । मधुमेहको समेत समस्या भएका उनी भदौ २७ गतेदेखि उपचाररत थिए । मिर्गौलासम्बन्धी समस्या भएका बनेपाका ७७ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भई दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा अर्घाखाँचीको भूमिकास्थान–९ ढिकुराका ७३ वर्षीय पुरुषको बिहीबार बिहान बाटोमै मृत्यु भएको छ ।

यस्तै, कोरोना विशेष अस्पताल रूपन्देहीको बुटवल–७ की ७० वर्षीया वृद्धाको बिहीबार बिहान मृत्यु भएको छ  ।

रूपन्देहीकै कञ्चन–१ का ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ ।

यस्तै, काठमाडौंमा ४ जना, भक्तपुरमा २ र ललितपुरमा १ जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies