Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विपद् जोखिम न्यूनीकरणका निमित्त सम्पूर्ण शक्ति विवेकसहित जुटौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ ले पैदा गरेको विपद् जोखिम न्यूनीकरणका निमित्त सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेकामा जोड दिए ।

“आजको दिन आमनागरिकले विपद् जोखिम न्यूनीकरणप्रति सजगता, सचेनता, सहभागिता र सक्रियातलाई अझ विस्तार गर्ने र उठाउने दिन हो । हाम्रा प्रतिबद्धता, नीति र योजनाको समीक्षा गर्दै आगामी दिनमा विपद्को विरुद्ध जुट्न रणनीति कार्ययोजना विकास र विस्तार गर्न आवश्यक छ”, विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा गृहमन्त्री थापाले भने, “एकअर्काबीचको समन्वय र सहकार्यमा मात्र विपद् न्यूनीकरण गर्न सकिन्छ । विपद् जोखिम न्यूनीकरण विकासका हरेक गतिविधिसँग जोडेर लैजानुपर्ने आजको आवश्यकता हो ।”

नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मिला कार्कीले विपद् जोखिमका घटना बढिरहँदा नेपालगायत विकासन्मुख मुलुकले ठूलो नोक्सान ब्यहोर्नुपरेको हुँदा बनाइएका नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइन्।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतराम लामाले मुलुकका साधनस्रोत परिचालन गरी रोजगारी सिर्जना गर्दै सुशासन र जवाफदेही बनाउने कार्यमा विपद् व्यवस्थान न्यूनीकरण कार्यक्रमलाई जोडेर लैजाने नीति र कार्यक्रम बनाउनुपर्छ भने।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमका प्रतिनिधि रिचर्ड हावर्डले जलवायु परिवर्तनको असर र विपद्सम्बन्धी घटनाबाट हरेक वर्ष ठूलो जनधन गुमाउनु परेकाले स्थानीय जनताको सहभागितामा यस्ता घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । नेपालमा हरेक वर्ष बाढी/पहिरो, चट्याङ, आगलागी, शीतलहर जस्ता प्राकृतिक प्रकोप र विपद्का घटनाबाट ठूलो जनधजनको क्षति हुँदै आएको छ । विपद् जोखिमका हिसाबले नेपाल उच्च जोखिमयुक्त मुलुकको सूचीमा छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies