Khabar Dabali Logo
  October 28, Wed

बागलुङ नगरपालिकामा आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द

गलकोट । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए।

नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुिष्ट भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।

बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएका थियो । ती मध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ । नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा सङक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उनले बागलुङ बजारमा दशै तिहारको किनमेलका कारण अनावश्यक भीडभाड भएका कारण जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरे।

नगरपालिकाले नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेका काम बन्द गरिएको हो । बागलुङमा हालसम्म ५२५ जनालाई सङ्क्रमण भएको छ । ती मध्ये ३६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बागलुङमा हाल सक्रिय सक्रमितको सङ्ख्या १५७ जना रहेको छ ।

अशोज २६ गते, २०७७ - ०८:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेका प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण, २० सङ्क्रमित सिकिस्त

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित...   

बाघको आक्रमणबाट दुई युवाको मृत्यु

बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने...   

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण, ६८ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या...   

तीन दिवसीय भ्रमणका लागि भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक...   

एकै परिवारका दुई दाजुभाइको पोखरीमा डुबेर मृत्यु

लहान । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

चितवनमा थप दुई जना सङ्क्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ ।गोरखा बारपाक सुलिकोट गाँउपालिका...   

मंगलबार ५७० जनामा कोरोना पुष्टि : ३ हजार १६८ डिस्चार्ज, थप १४ को मृत्यु

काठमाडौँ । मंगलबार देशैभर थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   

संक्रमितको संख्या बढ्न थालेपछि एक घर एक पिसिआर परीक्षण

पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण...   

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र...   
पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top