Khabar Dabali Logo
  December 5, Sat

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

बाँके । बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो । निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए।

यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएपछि उपचाररत उहाँलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो । अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

अशोज २४ गते, २०७७ - ०८:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पछिल्लो २४ घण्टामा थप १०२४ जनालाई कोरोना, २२ सय ६ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । शनिबार...   

२० प्रतिशत नागरिकलाई पुग्नेगरी कोरोना विरुद्धको खोप ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न...   

अफगानिस्तानमा हिंसा जारी रहेमा शान्तिवार्ता भंग हुनसक्ने अमेरिकी भनाई

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानको सरकार र तालिबानी समूहबीचको वार्ता चलिरहेका...   

कोरोनाको खोप प्रयोग गर्न दिनेमा दोस्रो देश बन्यो बहरानइन

दुवइ । कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो...   

मापदण्डविपरीतका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द

वीरगञ्ज । औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका...   

विद्यालयमा स्वास्थ्य सामग्रीको अभाव, अतिरिक्त स्रोतसामग्री दिन सुझाव

काठमाडौँ । शिक्षाविद् र शिक्षकले विद्यालय पुनःसञ्चालन र वैकल्पिक माध्यमको सिकाइमा प्रभावकारिताका...   

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास...   

अब सवारीसाधनमा भाडादर नटाँसे कारवाही

बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा...   

हिमालयन चितुवा प्रशिक्षणमा व्यस्त

काठमाडौं । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल भएका युवा बक्सर...   

सिरहामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

सिरहा । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top