Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

उपत्यकामा कोरोना सङ्क्रमण बढ्यो, सेवाग्राहीको भीड घटेन

काठमाडां । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन ।

यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउन ध्यान नदिएको पाइन्छ ।

शुक्रबार एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्दा चालक अनुमतिपत्र र साना ठूला सवारी गरी दुवै कार्यालयमा सेवाग्राहीको भीड देखिन्थ्यो । त्यहाँको भीड नियन्त्रणका लागि सुरक्षाकर्मी खटिएका छन् । कार्यालयले साबुनपानीको व्यवस्था गरेको छ भने सन्देशमूलक प्रचार सामग्री गेटबाट छिर्नासाथ राखेको छ । कार्यालयले सेवाग्राहीलाई दुरीमा रहनका लागि पालो कुर्ने ठाउँमा पनि गोलो घेरा बनाएको छ । त्यसको पालना भने कम छ ।

सेवाग्राहीको चाप धेरै भएकाले दूरी कायम गर्न कठिन भइरहेको चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादूर कार्कीले बताए । उनका अनुसार यहाँ साता जना सुरक्षाकर्मी भीड नियन्त्रणकै लागि खटाइएको छ । कार्यालयले नियमित रुपमा नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गर्ने, अनुमतिपत्र वितरण र नवीकरणको काम गर्दै आएको थियो ।

कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा कार्यालय बन्द थियो । गत असारदेखि कार्यालय खुलेसँगै अनुमतिपत्र वितरण र नवीकरण हुँदै आएको छ । केही समय पहिले भीड बढेको भन्दै अनुमतिपत्र वितरणसमेत केही समय रोकिएको थियो । सेवाग्राही सजग हुँदा मात्रै सेवा नियमित गर्न सकिने उनको भनाइ छ ।

कार्यालयमा अहिले नवीकरणका लागि झण्डै चार सय सेवाग्राही आइरहेका छन् । उपत्यकाका कतिपय यातायात कार्यालयले सेवाग्राहीको भीड कम गर्न जोर र बिजोर नम्बर गरी सेवा दिएका छन् । यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा विगत वर्षदेखि छाप्न बाँकी अनुमतिपत्र छापिसकेको छ । बन्दाबन्दीपछि असारमा झण्डै दुई लाख अनुमतिपत्र छापिएर आएको थियो । धेरै अनुमतिपत्र एकै पटक वितरण गर्नु परेकाले पनि कार्यालयमा भीड बढेको प्रमुख कार्कीले बताए । अहिले झण्डै एक लाख ४० हजार अनुमतिपत्र वितरण गर्न बाँकी भएको कार्यालयले जनाएको छ । चैत भन्दापछि नवीकरण भएका झण्डै १० हजार अनुमतिपत्र विभागबाट ल्याउन बाँकी छन् ।

अनुमतिपत्र वितरणका लागि पाँच काउन्टरमा १० जनाको व्यवस्थापन गरिएको छ । नयाँ अनुमतिपत्र बन्द भएकाले त्यो शाखाका कर्मचारी समेत अहिले नवीकरण र वितरणमा लगाइएको प्रमुख कार्कीले बताउनुभयो । बन्दाबन्दी लगतै कतिपय कर्मचारी घर गएकाले फर्कन नसकेका र कतिपय क्वारेन्टिनमा रहेकाले समस्या थियो । अहिले यहाँका सबै कर्मचारी नियमित कार्यालय आइरहेका छन् । कार्यालयले आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको प्रमुख कार्कीले बताए ।

विगतका वर्षमा सेवाग्राहीले अनुमतिपत्रका लागि परीक्षा पास गरेको वा नवीकरणका लागि राजश्व बुझाएको दुई वर्षसम्म ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका थिएनन् । विगतमा फोटो नबुझिने वा अक्षर नबुझिने भएर कतिपयको पुनःछपाइ भएको थियो । विगतमा कार्यालयमा अनुमतिपत्र मिलाएर नराखेकाले पनि खोज्न बढी समय लागेको प्रमुख कार्कीले बताए । अहिले सकेसम्म मितिअनुसार अनुमतिपत्र चाङ मिलाएर राखिएको छ ।

कोभिडका कारण विद्यालय, कलेजलगायत विभिन्न कार्यालय बन्द भएकाले पनि कार्यालयमा सेवाग्राहीको भीड बढेको हुनसक्ने प्रमुख कार्कीको भनाइ छ । सामान्य अवस्थामा फुर्सद नपाएका सेवाग्राही अहिले आइरहेका छन् । सञ्चार माध्यमबाट अहिले विभागले चालक अनुमतिपत्र छापिसकेको खबर पाएकाले पनि सेवाग्राही आइरहेका बताइएको छ ।

यातायात कार्यालय जस्तै काठमाडौँ उपत्यकाका सेवा प्रदायक विभिन्न संस्थामा संस्थामा सेवाग्राहीको भीड कम हुन सकेको छैन । दशैँ तिहारलगायतका चाडपर्व आइरहेकाले पनि यी कार्यालयमा भीड बढेको छ । सामान्य अवस्थामा बढी भीडभाड हुने कार्यालयमा पर्ने यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, बैंकलगायतमा सेवाग्राहीको भीड देखिन्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies