Khabar Dabali Logo
  October 20, Tue

चाडपर्वलाई लक्षित गरी उपत्यकामा बजार अनुगमनलाई तीव्र पारिने, खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउनेलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिइने भएको छ । चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासनले अनुगमनलाई तीव्रता दिने भएका हुन् ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको उपत्यकाको बजार अनुगमन र सुरक्षा व्यवस्था विषयक अन्तरक्रियामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाडपर्व केन्द्रीत अनुगमनलाई चाँडै नै शुरु गरिने जानकारी दिए । उनले बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइने बताए ।

प्रजिअ दाहालले तीनै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहेको अनुगमन समिति समेत गठन गरिएको जानकारी दिए । उनका अनुसार खाद्यान्न, लत्ताकपडा र यात्रामा एक÷एक सहायक प्रजिअलाई जिम्मेवारी दिएर अनुगमन गरिने छ ।

कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अहिलेदेखि नै बजार अनुगमन गर्नका लागि चार टोली पठाइसकेको बताए । उनले कोरोना भाइरस ९कोभिड­१९०को पिसीआर परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क लिने सात अस्पताल तथा प्रयोगशालालाई किन बढी शुल्क लिएको भन्दै स्पष्टीकरण समेत सोधिएको जानकारी दिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारमा गुणस्तरहीन औषधि उत्पादन गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिए । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले चाडपर्वका लागि लक्षित गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास मौजात राखिएको बताए । उनका अनुसार पर्याप्त मात्रामा पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास मौजात रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रबन्धक बज्रेश झाले चाँडै नै सहुलियत दरका पसल सञ्चालन गरिने जानकारी दिए । उनले दैनिक तीनवटा गाडीमार्फत माइकिङ गरेर उपभोक्तालाई खाद्यान्न पु¥याइरहेको समेत बताए । उनले चिनी अहिले कर्पोरेशनसँग ८०० मेट्रिक टन मात्र भएकाले चाडपर्वका लागि थप २० हजार मेट्रिक टन आउन थालेको जानकारी दिए।

काठमाडौँ प्रहरी परिसरका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौँ उपत्यकामा विगतमा भन्दा शान्ति सुरक्षामा सुधार आएको बताए। उनले प्रहरीलाई सूचना आउना साथ कालोबजारी गर्ने व्यापारीलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले यात्रुलाई सहजताका लागि चाडपर्वको समयमा १० ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको बताए ।
­­­

अशोज ९ गते, २०७७ - १९:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैलाई पनि विभेद नहुने गरी उपचारकालागि स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार...   

दमकमा थप दुई जना सङ्क्रमितको मृत्यु

झापा । कोरोना भाइरसको सङ्क्रमणवाट झापाको दमकमा आज दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति

काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने...   

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्यो, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...   

देशैभर ३ हजार ९३ जना कोरोना, उपत्यकामा मात्रै १७ सय ७ जनामा पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार...   

सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज...   

अबदेखि लक्षित वर्गलाई मात्रै कोरोनाको निःशुल्क उपचार

काठमाडौं । सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको...   

भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण नहटाउन माग

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा...   

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top