Khabar Dabali Logo
  October 24, Sat

रसुवामा कोरोना सङ्क्रमित शून्य

रसुवा । जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् ।

हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापितआइसोलेशन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनुभयो । क्वारेन्टिनमा भने पटक पटक गरी ४७३ जना राखिएको थियो । अहिले ती सबै आआफ्ना घर गइसकेको जनाइएको छ ।

अबका दिनमा कोरोनाका आशङ्कितलाई मात्र पिसिआर परीक्षण गराइने स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । जिल्लमा हाल कोभिड –१९ सङ्क्रमित शून्य भएकाले यसलाई स्थिर राख्न स्थानीयवासीले स्वास्थ्यका मापदण्ड निरन्तर रूपमा पालना गर्नेमा आशावादी भएको प्रमुख श्रेष्ठले बताए ।

जिल्लामा ४४ हजार जनसङ्ख्याका लागि दुई अस्पताल, दुई आइसोलेशन र १८ स्वास्थ्य केन्द्र छन् । केन्द्र तथा प्रदेश सरकारले बेलाबेलामा आवश्यक औषधिसमेत उपलब्ध गराइरहेका कारण उपचारमा सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मास्क लगाउने, भीडभाडमा नजाने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने, जथाभाबी नथुक्ने, सामाजिक दूरीको पालना गर्ने जस्ता कार्यमा स्थानीयवासी थप सजग हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले विश्वास व्यक्त गर्नुभयो ।

अशोज ७ गते, २०७७ - ११:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

विराटनगर । विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा...   

पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि

पोल्याण्ड । पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता...   

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने...   

जाजरकोटमा माटो खन्दा दुई जनाको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ...   

कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४, ८४२ जनाले ज्यान गुमाए

काठमाडौं । यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या...   

काठमाडौँ उपत्यकामा ११ सय १० सहित २ हजार २२५ जनामा संक्रमण पुष्टि

काठमाडौं । शनिबार थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष...   
नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार...   
चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

अबुजा । चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा...   

कोरोना सङ्क्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१...   

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या छ हजार ४५९ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top