Khabar Dabali Logo
  October 21, Wed

धुलिखेल अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

काभ्रे । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएका थिए ।

हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना सङ्क्रमण देखिएको छ । पोष्टका अनुसार कूल सङक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३१२ उपचारपछि घर फर्किएका छन् । एक सय ५३ सक्रिय सङक्रमितमध्ये ९४ अस्पताल आइसोलेसन र ६७ को होम आइसोलेसनमा उपचाररत छन् ।

अशोज ६ गते, २०७७ - १०:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना, मृत्यु हुनेको संख्या ७९१ पुग्यो

काठमाडौं । बुधबार काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ देखि हुने

काठमाडौं । कोरोना भाइरसका कारण सरेको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय...   

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ नाघ्यो, निको हुनेको संख्या एक लाख नजिक

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

बुधबार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

अनिश्चितकालका लागि हुम्ला जिल्ला अस्पताल बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले...   
गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन...   

गण्डकी मेडिकल कलेजमा मृत्यु भएकाको कुशको शव बनाएर दाहसंस्कार

दमौली । मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top