Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जनताको सात दशक लामो चाहना यही संविधानमार्फत पूरा भएको छ : पूर्वप्रम नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यही संविधानको जगमा टेकेर समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताएका छन् ।

छैटौं संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यही संविधानको जगमा टेकेर आर्थिक, सामाजिक रूपान्तरण, विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले केन्द्रीकृत शासन व्यवस्थाको स्थानमा सङ्घीय शासन प्रणालीको व्यवस्था गर्नु यस संविधानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै संविधान कार्यान्वयन तथा सङ्घीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा पनि पछिल्लो पाँच वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।

ठूलो बलिदानी र संघर्षबाट प्राप्त यो संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गर्दै उनले सन्देशमा भनेका छन्, “ यस दिनले हामीलाई शान्त, समुन्नत र समृद्ध नेपाल निर्माणमा लाग्न थप प्रेरणा दिने मेरो विश्वास छ ।”

पूर्वप्रधानमन्त्री नेपालले जनप्रतिनिधिबाट तर्जुमा भएको संविधानबाट शासित हुने जनताको सात दशक लामो चाहना यही संविधानमार्फत पूरा भएको उल्लेख गर्दै सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी कामना गरे ।

“नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमात्र संस्थागत गरेको छैन, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, कानूनी राज्य जस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यताको जगमा सुशासन र समृद्धि हासिल गर्नका लागि मार्ग प्रशस्त गरेको छ”, सन्देशमा उनले भनेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies