Khabar Dabali Logo
  October 27, Tue

अब नेपालमै अलैँची प्रशोधन, मङ्सिरबाट शुरु गरिने

इलाम । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ ।

झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ । उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ ।

यस्तै अलैँची प्रशोधन गर्ने विभिन्न प्रावधान छन् । गुणस्तरीय अलैँचीलाई १००÷१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ । अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलैँचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ ।

“हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलैँचीको सानो दाना मिसाएर बनाउछौँ”, सञ्चालक भट्टराईले भने, “यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ । स्वदेशमा बढी निर्यात हुने सम्भावना छ ।”

अहिलेसम्म अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या

आउने गर्छ । नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अनुमान छ ।

“एकैचोटि सबै अलैँची नेपालमा प्रशोधन गर्न सकिँदैन र एउटा उद्योगले मात्र सम्भव पनि छैन”, सञ्चालक भट्टराईले भने, “एउटा नमूना शुरुआत गरेको हो ।” भट्टराईका अनुसार उद्योगको नमूना प्रशोधनसमेत भइसकेको छ । उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ ।

मुख्यगरी अलैँचीजन्य पदार्थको बजार नेपालमै केन्द्रित गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली मुलुक र अमेरिका हो । “हाम्रो उद्योगले हाल प्रमाणपत्र पनि लिइसकेको छ । बाहिरी देशको मापदण्डअनुसारकै भइसक्यो”, उनले भने । उद्योगले अहिले अलैँचीको मात्र प्रशोधन गर्ने छ । समयान्तरमा माग र दक्षजनशक्ति बढेमा अन्य वस्तुसँग अलैँची प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराईको भनाइ छ । यो उद्योगले मात्रै देशभर उत्पादित १५ प्रतिशत अलैँची प्रशोधन गर्न सकिने भट्टराईको जिकिर छ । स्वस्थकर चिज निर्माण हुने भएकाले उद्योगबाट प्रशोधित धेरै सामग्री नेपालमै खपत हुने भट्टराईको भनाइ छ ।

अशोज २ गते, २०७७ - ०८:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेका प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण, २० सङ्क्रमित सिकिस्त

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित...   

बाघको आक्रमणबाट दुई युवाको मृत्यु

बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने...   

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण, ६८ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या...   

तीन दिवसीय भ्रमणका लागि भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक...   

एकै परिवारका दुई दाजुभाइको पोखरीमा डुबेर मृत्यु

लहान । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

चितवनमा थप दुई जना सङ्क्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ ।गोरखा बारपाक सुलिकोट गाँउपालिका...   

मंगलबार ५७० जनामा कोरोना पुष्टि : ३ हजार १६८ डिस्चार्ज, थप १४ को मृत्यु

काठमाडौँ । मंगलबार देशैभर थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   

संक्रमितको संख्या बढ्न थालेपछि एक घर एक पिसिआर परीक्षण

पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण...   

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र...   
पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण : दुर्घटनाको उच्च जोखिम

महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top