Khabar Dabali Logo
  January 21, Thu

अब परीक्षा सञ्चालनमा केहि सहजीकरण, अत्यावश्यक काममा जान पास

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ । व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल÷आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षालगायतका परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । उक्त परीक्षा भदौ ३ गतेदेखि बन्द भएको थियो ।

भदौ २४ गते आदेशमा केही हेरफेर गरी खुकुलो बनाउँदै व्यापार, व्यवसाय तथा अन्य सेवा क्षेत्र चलायमान गरिएको थियो तर परीक्षाको विषयमा उल्लेख नभएपछि आज प्रशासनले विज्ञप्तिमार्फत परीक्षा सञ्चालनमा सहजीकरण गरेको जनाएको हो । तोकिएका र सोही प्रकृतिका परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा सञ्चलन कार्यविधि २०७७ मा उल्लेख विधि र प्रक्रिया अपनाउनुपर्नेछ । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मत्रालयद्वारा जारी स्वास्थ्य मापदण्ड विपरीत हुन नहुने जनाइएको छ ।

यस्तै प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण रोक्न जारी गरेको निषेधको आदेशको समयमा अत्यावश्यक कामका लागि उपत्यका बाहिर जानुपर्दा पास अनिवार्य गरेको छ । दाहसंस्कारमा जानुपर्ने तथा सरुवा भई जानुपर्ने कर्मचारीलगायतका हकमा सवारी साधन सञ्चालनमा यसअघि सहजीकरण गरिएकोमा अब भने पास लिनुपर्ने जनाइएको छ ।

सम्बन्धित व्यक्तिले अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने गरी कागजातका साथै गन्तव्य जिल्ला प्रशासनको अनुमतिपत्र र स्थानीय तहको सिफारिससहित तोकिएअनुसारको निवेदन दिनुपर्ने छ । सोही आधारमा पास उपलब्ध हुने छ । यस्तै विदेश जाने व्यक्तिको आवातजावतमा सहजीकरण गरिने र भिषा सहजीकरण गर्ने निकायसमेत सञ्चालन गर्न सकिने जनाइएको छ ।

भदौ २६ गते, २०७७ - १७:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...   

वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...   

फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल

हेटाै‌डा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...   

प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...   

ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो

ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...   

प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...   

भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...   

९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...   

भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै

काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...   

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top