


निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्रता, ५७ हजार ३५० रुख काटिने


-
-
भदौ २३ गते, २०७७ - १६:५६

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ भने त्यस क्षेत्रमा नदी नियन्त्रणका काम पनि धमाधम भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षताम आज मन्त्रालयमा भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा विमानस्थलको प्रगति विवरण पेश गरिएको हो । आउँदो मङ्सिर मसान्तभित्र रुख तथा पोलको लगत नम्वरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ ।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि सहजीकरण समितिको विसं २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गरिनेछ । साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय पनि भएको छ ।
विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँचमार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत् रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिएको छ । बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी कार्य एक साताभित्र सक्न प्राधिकरणलाई निर्देशन दिएको छ । लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्रमा परियोजना प्रस्ताव अन्तिम निर्णय लिनेसमेत बैठकले निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग
काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।...१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने...ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौंदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट...मुख्यमन्त्रीहरुविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे कांग्रेसको छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका...तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको...माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको...ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल
काठमाडौं । कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा...मलेशियाबाट १७ जना नेपालीको शव काठमाडौं ल्याउँदै
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...
