Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेता किम जोङ आँधी प्रभावित क्षेत्रमा, एकतावद्ध हुन आह्वान

सोल । उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उनले पीडितहरुलाई सहयोगका लागि १२ हजार कामदार पठाउने प्रतिबद्धता पनि जनाएका छन् । उनीहरुलाई त्यस क्षेत्रको पुनर्निर्माणका लागि पठाउने नेता किमले प्रतिबद्धता जनाएका उत्तर कोरियाको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले आइतबार जनाएको छ ।

घटनास्थलको अवलोनक भ्रमण गर्न उत्तर कोरियाली केही उच्च पदस्थ पदाधिकारीहरु यस पहिले नै त्यहाँ पुगी आँधी प्रभावित क्षेत्रको अवलोकन गरिसकेका समाचारमा उल्लेख गरिएको छ ।

उनले स्थानीय बासिन्दालाई सङ्कट विरुद्ध लड्न तथा त्यसको सामना गर्नका लागि एकताबद्ध हुन पनि आह्वान गरेका छन् ।

आँधीसँगै कोरोनाभाइरसको महामारीसँग पनि लड्नुपर्ने भएकाले एकताबद्ध हुन अत्यावश्यक रहेको उनको भनाइ छ ।

उनले केही दिन अगाडि पनि आँधी र कोरोनाभाइरसविरुद्ध लड्न सवै एकताबद्ध हुनुपर्ने र तयारी अवस्थामा रहनुपर्ने बताएका थिए ।

कोरियाली केन्द्रीय समाचार केन्द्रले सम्प्रेषण गरेको समाचार अनुसार सर्वोच्च नेता किमले शनिबार घटनास्थल हाँङयोङ प्रान्तको भ्रमण गरेका हुन् ।

सो ठाउँमा गत हप्ता ठूलो आँधी आएको थियो । आँधीका कारण एक हजारभन्दा बढी घरहरु नष्ट भएको जनाइएको छ ।

सरकारी अधिकारीहरुले आँधीमा परेर अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त नभएको सर्वोच्च नेता उनलाई जानकारी दिएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies