


अमेरिकामा पाकिस्तान विरुद्ध प्रदर्शन


-
-
भदौ १५ गते, २०७७ - १२:५८

न्युयोर्क । अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिका रहेका पाकिस्तानी तथा अरु विदेशी नागरिकहरुले पनि न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर पाकिस्तानको सरकारका विरुद्धमा प्रदर्शन गरेका हुन् ।
नागरिकलाई जबर्जस्ती बेपत्ता बनाउने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार त्यहाँ प्रदर्शन भएको न्युयोर्कबाट दिइएको समाचारमा जनाइएको छ । पाकिस्तानमा पनि नागरिकहरुलाई जबर्जस्ती बेपत्ता बनाउने क्रम नरोकिएको भन्दै यसविरुद्ध प्रदर्शन भएको ती प्रदर्शनकारीहरुले बताएका छन् ।
पाकिस्तानका अल्पसंख्यक समुदायका नागरिकलाई जबर्जस्ती अपहरण गरेर बेपत्ता बनाउने गरिएको र पछिल्लो समयमा सो क्रम अझ बढ्दै गएको भन्दै त्यस कार्यका विरुद्धमा सो प्रदर्शन गरिएको थियो ।
प्रदर्शनकारीहरुले यस्तो कार्य तुरुन्त रोक्न पाकिस्तान सरकार र त्यहाँको सेनासमक्ष माग पनि गरेका थिए । प्रदर्शनका सहभागीले भनेका थिए– हामी पाकिस्तानी सरकरको यस्तो कार्यको कडा रुपमा विरोध गर्दछौँ र उनीहरुले यस्ता कार्य तत्कालै बन्द गरुन् भन्ने चाहन्छौँ ।
उनीहरुका अनुसार पाकिस्तानको सेना र त्यहाँका गुप्तचर निकायका अधिकारीहरुले नै कैयौँ राजनीतिकर्मी, विभिन्न पेशामा लागेका व्यक्ति र पत्रकारहरु समेतलाई बेपत्ता बनाएका छन् । यसरी जबर्जस्ती बेपत्ता बनाइएका व्यक्तिहरुको संख्या पाकिस्तानमा हजारौँ रहेको उनीहरुको भनाई छ । सो क्रम अहिले पनि नरोकिएको बरु झनै बढ्दै गएको उनीहरुको भनाई छ ।
सो पदर्शनमा सहभागी भएका एकजना व्यक्ति नजिब खानले भन्नुभएको छ– हामीले पाकिस्तानको सेना र त्यहाँको सरकारको समेत यो गलत कार्यका बारेमा विश्वमा नै थाहा दिन यहाँ आएर प्रदर्शन गरेका हौँ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता
झापा । भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित...१४७ थान अवैध सालको काठसहित १२ जना पक्राउ
कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट...लमानमा आँखा र कानको निःशुल्क शिविर
लहान । स्वास्थ्यचौकी गोलबजारमा आयोजना गरिएको आँखा र कानको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले जाँच...चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा
लहान । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर...कागजात नभएका ९ व्यावसायिक फर्मलाई कारवाही
चितवन । जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका...कोटेश्वर–जडीबुटी सवारी चाप कम गर्न विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न
काठमाडौँ । कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण...बाढी पहिरोमा क्षति पुगेको बागलुङका ५९० घर पुनःनिर्माण गरिने
गलकोट । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने...प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय
काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना...खुँडा प्रहार गरेर २७ वर्षीय युवकको हत्या, एक पक्राउ
बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७...कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी
इलाम । कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका...

प्रतिकृया लेख्नुहोस्:
- पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
- विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
- ‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
- विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
- सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने