Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सडकका बेसहारामा पनि कोरोना संक्रमण, अहिलेसम्म कतिजनामा देखियो ?

काठमाडौं । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै थिए । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उनले न कुनै काम गरेर कमाउन सक्थे, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक, प्यासले आलसतालस सडकमा बसिरहेका आमा–छोराको अबस्थाबारे स्थानीय व्यक्तिमार्फत सामाजिक सञ्जालमा सार्वजनिक भयो ।

त्यही सूचनाका आधारमा मानवसेवा आश्रमले दुई दिनअघि आमा–छोराको उद्धार गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा दुवैमा कोरोना पोजिटिभ देखियो ।

आश्रमका प्रवक्ता सुमन बर्तौला पछिल्लो समयमा यसरी उद्धार गरिएका बेसहाराहरुमा कोभिड–१९ सङ्क्रमण देखिन थालेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म यसरी सडकबाट उद्धार गरिएका १३ जनामा सङ्क्रमण देखिइसकिएको छ । सङ्क्रमितलाई आश्रमको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

सडकपेटीमा बस्ने र खानेकुरा टिपेर खाने बेसहारा, मनोरोगी तथा असहायमा पनि कोभिड–१९ देखिँदा उनीहरुको व्यवस्थापनमा थप चुनौतीपूर्ण बनेको छ । सडकका बेसहारा सङ्क्रमित भएकाले उद्धारमा खटिएका अभियानकर्मीमा समेत सङ्क्रमणको जोखिम बढेको छ । सेवाकै क्रममा केही सङ्क्रमित भएकाले उनीहरुको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

विगतमा अन्य सर्वसाधारण नागरिकलाई कोरोना लाग्दा राजधानीका सडकका बेसहारामा देखिएको थिएन । साउनपछि भने देखिन थालेको हो । कसरी उनीहरुमा सङ्क्रमण गयो भन्ने यकिन भएको छैन । त्यस विषयमा अध्ययन पनि हुन सकेको छैन तर सडकमा स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोग गर्न नजान्ने हुनाले उनीहरु जोखिम वर्गमा पर्नु स्वाभाविक भएको चिकित्सकले भनाइ छ ।

कतिपय अवस्थामा सावधानी विना सडकमा खाना खुवाउने गरिएको छ । त्यसबाट पनि सङ्क्रमण हुनसक्छ । मास्कलगायत मानिसले प्रयोग गरेका स्वास्थ्य सामग्री निसङ्क्रमण नगरी फोहरमा फालिने गरेका छन् । त्यसबाट कवाड टिप्न जाँदा वा खानेकुरा खोज्न जाँदा पनि उनीहरुमा सङ्क्रमण हुनसक्ने नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की बताउनुहुन्छ ।

भीडभाड भएको क्षेत्रमा कहिलेकाहीँ उनीहरु पुग्छन् । स्वास्थ्य सामग्रीको प्रयोग गर्नेबारे ज्ञान नहुँदा त्यसतो बेला सजिलै सर्ने सम्भावन रहन्छ । “कवाडी खोज्ने क्रममा, सङ्क्रमितसँगै खाना खाँदा, सङ्क्रमितबाट खानेकुरा वा पैसा लिँदा पनि सर्न सक्छ”, डा कार्कीले भने, “¥याल, सिङ्गान, खकार लागेका मास्कलगायत सामग्री वा रुमाल, जुठो बोतल फ्याँकिएको हुनसक्छ, त्यस्ता सामग्रीमा निकै समयसम्म भाइरस रहनसक्छ, उनीहरुले त्यो टिपेर प्रयोग गरे भने पनि सर्छ ।”

सडकमा रात बिताउने बेसहारामा समेत कोरोना देखिन थालेपछि उनीहरुको व्यवस्थापन थप कठिन बन्दै गएको छ । आश्रमले जोखिमका बीच उद्धार कार्य भने जारी नै राखेको छ । यहाँ रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र विभिन्न रोग लागेका सहाराविहीन व्यक्तिले आश्रय पाइरहेका छन् ।

आवश्यक स्वास्थ्य मापदण्ड प्रयोग गरेर उद्धार गरी स्वाब परीक्षण रोपोर्टका आधारमा अहिलेसम्म उनीहरुको व्यवस्थापन हुँदै आएको छ । परीक्षण प्रतिवेदन नआउँदासम्म छुट्टै क्वारेन्टिनमा राख्ने गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। “अहिले पनि धेरै ठाउँबाट फोन आउँछ, पिसिआर नगरेसम्म उद्धार गर्नै कठिन छ”, अधिकारीले भने, “मानिसलाई परीक्षणको मतलब हुन्न, तत्कालै उद्धार गरेन भने रिसाउनेहरु पनि छन्, तै पनि हामी जोखिम मोलेर मनोरोगीको संरक्षणमा अहोरात्र खटिँदै आएका छौँ ।”

उक्त संस्थाले बन्दाबन्दीपछि मात्रै १७० जनाको उद्धार गरेको, उद्धारका क्रममा असङ्गठित क्षेत्रमा मजदूर सडकमा आइपुगे । उनीहरुको अवस्था दयनीय देखेर आश्रमले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई खाना खुलाउने अभियानसमेत चलाउँदै आएको छ । सडकमा बस्ने बेसहारा जत्तिकै भोकभोकै मर्ने अवस्थामा मजदूरहरु देखेपछि त्यो पीडा देख्न नसकेर नियमित खाना खुवाउन थालिएको अध्यक्ष अधिकारी बताउछन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि तीव्र गतिमा वृद्धि भइरहेको छ । यस्तो अवस्थामा आफन्त र छिमेकीलाई दुःखविमार वा अप्ठेरो पर्दा सघाउ पु¥याउन सक्ने अवस्था छैन ।

मलामीको अभाव भएको, आफन्तकै शव व्यवस्थापन कठिन भएको र सरकारले शव व्यवस्थापन गर्न खोज्दा कतिपय स्थानमा समुदायले विरोध गरेका घटना सार्वजनिक भइरहँदा सडकका बेसहारामा पनि सङ्क्रमण देखिनु अर्को चुनौती हो । सडकमा अलपत्र पर्ने असहाय मानिसतर्फ कसैले ध्यान पु¥याउनै सक्दैनन् । ध्यान पुगे पनि वास्ता गरिँदैन । त्यसरी अलपत्र परेका मानिसको उद्धार र व्यवस्थापनमा सक्रिय रहेको आश्रमको सेवामा समेत सङ्क्रमणले चुनौती थपिदिएको छ ।

पन्ध्र जिल्लाका २२ शाखामार्फत सेवा दिँदै आएको उक्त आश्रम स्थापनाको आज आठ वर्ष पूरा भएर नौ वर्षमा प्रवेश गरिरहँदा यसरी सडकबाट उठाइएका एक हजारभन्दा बढीलाई परिवार फेला पारेर पुनःस्थापित गराइसकिएको छ । हाल एक हजार १०० जनाले सेवा पाइरहेका छन् । अहिलेसम्म चार हजारभन्दा बढीको उद्धार भएको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies