Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

काठमाडौं उपत्यकामा बढ्दो कोरोना सङ्क्रमणबीच ‘चेन ब्रेक’को प्रयास

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरुले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको गति तिब्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ् र सङ्कास्पद क्षेत्र’का व्यक्तिको स्वाब परीक्षण तिब्र पारिएको छ ।

मुख्यगरी उपत्यका नगरपालिका फोरमले त्यसको अगुवाइ गरेको छ । काठमाडौँ उपत्यकाका १६ नगरपालिका र दुई महानगर फोरममा आवद्ध छन् । फोरमको बैठकले सङ्क्रमण फैलिन नदिन वडातहमै पुगेर पहिचान र उपचारलाई तिब्रता दिने निर्णयमुताविक काम थालेको हो । समुदायमा कोरोनाको अवस्था कस्तो छ भनेर पत्ता लगाउन एकीकृत रुपमा कार्यक्रम थालेको फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए। हाल उपत्यकामा १० हजार सङ्क्रमित रहेको आशंकाका साथ नियन्त्रणको काम अघि बढाइएको छ ।

उक्त अभियानमार्फत समुदायस्तरमा सङ्क्रमण फैलिएको छ या छैन भन्ने कुरासमेत पत्ता लगाउने र समुदायमा फैलिएको अवस्था भेटिए नयाँ रणनीतिका साथ अघि बढ्ने श्रेष्ठले जानकारी दिए । प्राप्त विवरणमा आजसम्म उपत्यकमा झण्डै तीन हजार व्यक्तिमा कोभिड–१९ देखिएको छ । झण्डै एक हजार २०० उपचार पछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकालगायत केही जिल्लामा महामारीकै रुपमा सङ्क्रमण फैलिएको जानकारी दिए । आज मात्रै उपत्यकामा २३२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । त्यसमा सबैभन्दा बढी काठमाडौँ जिल्लाका १९९ छन् ।

उपत्यकामा विगतमा नगन्य सङ्क्रमण भएकोमा बन्दाबन्दीको अन्त्य भएपछि साउनमा अत्याधिक रुपमा सङ्क्रमित भेटिएको छ । साउन ६ गतेदेखि लागू हुने गरी सरकारले बन्दाबन्दी अन्त्य गरेको थियो । त्यसपछि बाहिरी जिल्लाबाट मानिस उपत्यका प्रवेश गर्दा सङ्क्रमण फैलिन सहयोग गरेको थियो ।

“पछिल्लो समय उपत्यकामा तिब्र गतिमा सङ्क्रमण फैलियो, अब सङ्क्रमण रोक्न सकिएन भने स्थिति जटिल बन्नसक्छ”, मध्यपुरथिमी नगरपालिकाका प्रमुखसमेत रहेका फोरमका सचिव श्रेष्ठले भने, “फैलिँदै गरेको सङ्क्रमणको ‘चेन ब्रेक’ गरेरै छाड्ने योजनाका साथ हामी लागेका छौँ ।” फोरमको हालैको बैठकले सङ्क्रमितसँगको कन्ट्याक ट्रेसिङ गर्ने, उनीहरुको परिवारका साथै सङ्कास्पद क्षेत्रका मानिसको समेत स्वाब सङ्कलन गरेर परीक्षण गर्ने निर्णय गरेको छ ।

अनुसन्धानमा उपत्यकामा मात्रै अहिलेसम्म यसरी परीक्षण गर्नुपर्ने झण्डै २८ हजार ५०० रहेका छन् । उनीहरुको परीक्षण गर्दा १० हजारमा सङ्क्रमण देखियो भने समुदायमा गएको पुष्टि हुन्छ । नत्र भने समुदायमा नपुगेको निष्कर्षका साथ रोक्ने आगामी रणनीति तय हुन्छ । सोहीअनुसार तथ्याङ्क सङ्कलन र विष्लेषणको आधारमा हरेक नगरपालिकाले अभियान थालेको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार मध्यपुर थिमीले वुधबारबाट उक्त अभियान थाल्दै छ । “दुई ‘हट स्पट’ छानेका छौँ, त्यहाँको बुधबार मात्रै ५०० जनाको स्वाब सङ्कलन हुँदैछ”, श्रेष्ठले भने ।

काठमाडौँ मानगरापलिकाका प्रवक्ता ईश्वरमान डङ्गोल महानगरको १५ वटा वडाबाट कन्ट्याक ट्रेसिङको काम थालिसकेको बताए । “सबैभन्दा पहिले शङ्कास्पद व्यक्तिका स्वाब सङ्कलन गरी परीक्षण नै हो त्यसपछि उनीहरुलाई राख्ने स्थान (आइसोलेशन)को व्यवस्थापन हो, त्यसमा लागेका छौँ”, डङ्गोलले भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies