Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भारतीय मलको भरमा किसानः चर्को मूल्यमा किन्नुपर्ने बाध्यता

राैतहट । सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ ।

खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक मल ल्याएर खेतमा छर्नुपर्ने वाध्यता रहेको किसानको भनाइ छ । “कृषि सामग्री केन्द्रमा मल नआउँदा सीमावर्ती भारतीय बजारबाट जेनतेन गरेर मल ल्याएर धान खेतमा छरेँ”, रौतहट वौधीमाई नगरपालिका–८ का रामविलास बैठाले भने, “भारतबाट मल ल्याउन निकै कष्ट झेल्नुपरेको छ ।” अहिले सबैभन्दा बढी घोडासान, बरगिनीया, र आधापुरलगायत क्षेत्रबाट भारतीय डिएपी, युरिया, पोटासलगायतका मल आयात भइरहेको छ ।

सीमावर्ती बजारबाट मल ल्याउनेहरू किसानलाई महँगोमा बिक्री गरिरहेका छन् । “अनुदानको मल नहु्ँदा जति पैसा भने पनि मल किन्नै प¥यो”, वैठाले भने, “ युरिया मलको चरम अभाव भएपछि धानमा मल छर्न केही समय ढिलो भयो । ”

धानमा गाँज लाग्ने बेला युरिया मलको चरम अभाव भएपछि रौतहटका किसान अहिले समस्यामा परेका छन् । एक बोरा युरिया मलका लागि एक हजार पाँच सय सम्म मूल्य तिर्नुपरेको छ । भारतमा प्रतिबोरा छ सय रुपैयाँ मूल्य छ । “सरकारले मल नदिएर किसानमाथि अत्याचार गरेको छ । मल लिनका लागि भारतीय सीमावर्ती बजारमाथि निर्भर रहनुपर्ने बाध्यता छ”, वौधीमाई नगरपालिका–८ का विर्जभूषण मिश्राले भने, ‘मल नहाले उत्पादन घट्ने भएकाले महँगोमा भए पनि किनेर ल्याएको छु ।’

सीमावर्ती भारतीय बजारबाट तस्करी गरेर ल्याएको मल प्रहरीले नियन्त्रणमा लिन थालेपछि किसानले चर्को मूल्यमा मलखाद खरिद गर्न बाध्य भएका छन् । राज्यले आपूर्ति गर्न नसकेर भारतीय सीमावर्ती बजारबाट खरिद गरेर किसानले ल्याउँदा प्रहरीले तस्करीको भनेर समात्न थालेपछि मलको मूल्य आकाशिएको स्थानीयवासीको भनाइ छ ।

अनुदानको मलखाद सहकारीमार्फत व्यापारीको हातमा जाने र किसानलाई चाहिने मलखाद सहज आपूर्ति नहुँदा यहाँका अधिकांश किसान भारतीय मलखादमाथि नै निर्भर रहेका छन् । सीमावर्ती बजारबाट जसोतसो भारतीयसँग मलखाद खरिद गरेर ल्याने क्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले पटकपटक बरामद गरी भन्सार कार्यालयमा बुुझाउने गरेकाले यहाँका किसान बढी मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।

सीमावर्ती भारतीय बजारमा रु छ सयमा एक बोरा पाउने भारतीय युुरिया मल हाल कटहरियालगायत नेपाली सीमावर्ती बजारमा रु एक हजार ७५० देखि एक हजार ८०० मा बिक्री भइरहेको छ । त्यसैगरी सीमावर्ती भारतीय बजारमा रु एक हजार देखि एक हजार दुई सय भारतीय रुपैयाँमा पाउने भारतीय पारस कम्पनीको डिएपी मल सीमावर्ती नेपालको ग्रामीण बजारमा तीन हजार ५०० प्रतिबोरा बिक्री भइरहेको कटहरियाका किसान रामचन्द्र गोसाईंले गुुनासो गरे ।

प्रहरीले बलपूर्वक पटकपटक मलखाद तस्करीको भनेर पक्राउ गर्न थालेकै कारण रौतहटको भित्री बजारमा यसको मूल्य आकाशिएको कटहरियाका व्यापारीले बताएका छन् । किसानले धान रोपाइँ तथा गोडमेल गरेपछि खेतमा मलाखद छर्नुपर्ने जरुरी हुन्छ । यसै समयमा महँगो दरमा भए पनि खरिद गर्नुुपर्ने बाध्यता भएको किसानले बताएका छन् ।

किसानलाई चाहिने मलखाद आपूर्ति गर्न कैयौँ नेताहरुले सदनमा आवाज उठाउँदासमेत राज्यले वास्ता नगरेको फतुवा विजयपुरका एकजना किसान अच्युत मैनालीले बताउनुभयो । सदनको जस्तै नेता र जनप्रतिनिधिले स्थानीय प्रशासनसँग मलखाद बारेमा गम्भीरताका साथ कुरो गरेमा समस्या समाधान हुने थियो तर जिल्लाका कुनै नेता अथवा जनप्रतिनिधिले किसानको समस्या समाधान अर्थात् सहज रुपमा मलखाद आपूर्तिका लागि पहल नगर्दा चर्को मूल्य तिर्न बाध्य भएको किसान मैनालीको गुनासो छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मलखादको सहज आपूर्तिका पहल भइरहेको बताउँदै खेतीका लागि चाहिने मलखाद भारतीय सीमावर्ती बजारमा ल्याउँदा कुनै पनि हालतमा पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies