Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आज थप ३२ जनाले जिते कोरोना, निको हुनेको संख्या ३६५ पुग्यो

काठमाडौँ । कोभिड– १९ लाई अहिलेसम्म ३६५ जनाले जितेका छन् । सङ्क्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका सङ्ख्या पनि वृद्धि हुँदै गएको छ ।

अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ सङ्क्रमित पृष्टि भएका छन् । शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेर घर फर्किका थिए भने आजै मात्र ३२ जनाले जितेर घर गएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका जानकारी दिए। डिस्चार्जमध्ये पाँच महिला र २७ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ । तीमध्ये २९९ पुरुष र ६६ महिला छन् ।

जनकपुर प्रादेशिक अस्पतालमा रहेका धनुषा, महोत्तरी, सर्लाही, झापाका १५ जना डिस्चार्ज भएका छन् । तीमध्ये एक महिला र १४ पुरुष रहेका छन् । १८ वर्षदेखि ४५ वर्षका उनीहरु १२औँ दिनदेखि १७ औं दिनसम्म अस्पतालमा रहेर डिस्चार्ज भएका हुन् । यस्तै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका दुई महिला र दुई पुरुष डिस्चार्ज भएका छन् । उनीहरु बाँके र गुल्मीका हुन् । २३ देखि ३५ वर्ष उमेर समूहका उहाँहरु १५ औं दिनदेखि १७ औं दिनमा डिस्चार्ज भएका हुन् ।

सेती प्रादेशिक अस्पतालबाट बैतडी र अछामका पाँच रहेका छन् । तीमध्ये एक महिला छन् । ११ वर्षदेखि ३८ वर्ष उमेर समूहका ११ औं देखि १४ औं दिनमा डिस्चार्ज भएका हुन् । यसैगरी सुर्खेत अस्पतालमा रहेका सात जना पनि आजै डिस्चार्ज भएका छन् । सुर्खेतका छ जना १६ देखि ३६ वर्ष उमेर समूहका पुरुष र एक मुगुकी ३५ वर्षीया महिला छन् । पिसिआर विधिबाट ९२ हजार ४७७ र आरडिटीबाट एक लाख ३७ हजार ४३५ व्यक्तिको परीक्षण गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies