Khabar Dabali Logo
  July 4, Sat

प्रदेश २ मा ८ सय ५९ जनामा कोरोना सङ्क्रमण

जनकपुर । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा एक÷एक जना गरी ४४ जना नयाँ सङ्क्रमित थपिएको हो ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वाबको परीक्षणका लागि जडान गरिएको रियल टाइम मेशिनबाट दुई दिनमा २४२ वटा स्वाबको नमूना परीक्षण गरिएकामा नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको सचिव डा घिमिरेले जानकारी बताए।

स्वाब र क्वारेन्टिनको अवस्था

यस प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र पारिएको छ । आज अपराह्नसम्म ९७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । प्रदेशमा अहिलेसम्ममा १७ हजार ५२९ को स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ६२३ को रिपोर्ट नेगेटिभ आएको छ र छ हजार ७० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अहिलेसम्म सात हजार ७४७ को आरडिटी परीक्षण गरिएकामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

प्रदेशमा अहिलेसम्म ४०४ वटा क्वारेन्टिन सञ्चालनमा आएको र सो क्वारेन्टिनमा ३० हजार ७०६ वटा श्ययाको व्यवस्था गरिएको छ । यतिखेर, २३ हजार ३३३ जना क्वारन्टिनमा, छ हजार ३१ जना होम क्वारेन्टिनमा र ५८३ जना आइसोलेसनमा बसेका छन् ।

जेठ २१ गते, २०७७ - १९:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुवेला दादुरा खोप अभियान : छुटेकालाई आज

काठमाडौं । गत चैतमा नै शुरु गर्नुपर्ने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रुवेला दादुरा खोप अभियानमा...   

नेपाली सेनाका प्रवक्तामा पौडेल नियुक्त

काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित...   

सिन्धुपाल्चोकको सुत्केरीको हेलिकोप्टरबाट उद्धार, शल्यक्रिया सफल

काठमाडौं । सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको...   

नेपालीको उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं । विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...   

अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको शव सनाखत नहुँदा एक सातादेखि हस्पिटलमै

झापा । एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा...   

त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा

धादिङ । नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार...   

कर्णालीका ८० प्रतिशत कोरोना सङ्क्रमित निको भए

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार...   

स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई अब निःशुल्क शिक्षा

काठमाडौं । घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत...   

प्रदेश नं १ मा ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिए

विराटनगर । प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार...   

क्यान्सर, मधुमेह, आइसियू र आकस्मिक सेवाका बिरामीको पनि पीसीआर परीक्षण

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को परीक्षण दायरा बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top