काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठुला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।
‘कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी’ विषयको राष्ट्रसङ्घीय उच्चस्तरीय भर्चुअल संवादमा गए राति सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका हरेक अर्थतन्त्रलाई माथि उकास्न दिन त्यस प्रकारको अर्थप्रणाली आवश्यक भएकाले विद्यमान विश्व आर्थिक व्यवस्थाको ढाँचामा आमूल परिवर्तन गर्न आग्रह गरेको हो ।
राष्ट्रसङ्घका महासचिव तथा क्यानडा र जमैकाका प्रधानमन्त्रीहरुद्वारा आयोजित सो संवादमा प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्ध विकास भइरहेका खोपको वैज्ञानिकताका लागि परीक्षण हुनुपर्ने उल्लेख गर्दै त्यस्ता खोप धान्न सकिने हुनुपर्नेमा पनि जोड दिए । उनले कोरोना महामारीको भयावहतालाई ध्यान दिएर यस अग्निपरीक्षाबाट पार पाउन सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताए । “महामारीको सन्त्रासको अवस्थामा हामीले कसैलाई पनि अलग नगरीकन आपसमा मिलेर उचित रोकथाम गरी पुनःस्थापना र पुनःनिर्माणको सुनिश्चितता गर्नुपर्नेछ,” प्रधानमन्त्री ओलीले भने – “यो हाम्रा बहुपक्षीय संस्था र प्रक्रियालाई सबल बनाउने समय हो ।”
“दिगो आर्थिक–सामाजिक आधारस्तम्भका लागि हामी आर्थिक नीतिमा पुनःताजगीकरण र आफ्ना मुलुकका आन्तरिक स्रोतको परिचालन भएको हेर्न चाहन्छौँ,” प्रधानमन्त्री ओलीले भने – “हामीले अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई सामूहिक समृद्धिका लागि निष्पक्ष र न्यायोचित बनाउनुपर्छ । व्यापार युद्धमा लाग्नुहुन्न र संरक्षणवादको प्रतिरोध गर्नुपर्छ ।”
आफ्ना नागरिकको जीवनरक्षा नै पहिलो कार्यभारमा पर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य सङ्गठनले अहिलेको समयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा आभार व्यक्त गरे । उहाँले ‘जि–२०’ का राष्ट्रहरु र अन्तर्राष्ट्रिय मुद्रा कोषका पहललाई स्वागत गर्दै अझै प्रभावकारी काम हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले ‘ओडिए’, प्रत्यक्ष वैदेशिक लगानी, व्यापार, ऋण सहुलियत, विकास र प्रविधिको हस्तान्तरणमा अन्तर्राष्ट्रिय सहायताका मापदण्ड पूरा हुनुपर्ने खाँचो पनि औँल्याए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: