Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बाग्लुङका दशवटै स्थानीय तहले थाल्यो डेङ्गुविरुद्ध अभियान

\"\"

बाग्लुङ । गर्मी बढेसँगै लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुका बिरामी भेटेपछि बागलुङमा जिल्लाव्यापी डेङ्गु नियन्त्रण तथा सचेतना अभियान शुरु भएको छ । जिल्लाका दशवटै स्थानीय तहले डेङ्गुविरुद्धको अभियान थालेका हुन् ।

गत शुक्रबार धौलागिरि अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण भेटिएपछि सचेतना र नियन्त्रण प्रयास थालिएको हो । स्वास्थ्य कार्यालयले आम नागरिकलाई लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरेको छ । कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्य चौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको छ । तालिम पाएका स्वास्थ्यकर्मी दशवटै स्थानीय तहमा पुगेपछि अभियान शुरु भएको कार्यालयले जनाएको छ ।

लक्षण देखिएमा तत्काल परीक्षण गराउन भन्दै पालिकालाई पत्राचारसमेत गरेको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुराँैले बताए । ‘सबै पालिका र धौलागिरि अञ्चल अस्पतालमा पुग्ने गरी परीक्षण किट पनि मगाएका छौँ’, उनले भने, ‘प्रदेश मन्त्रालयले किट उपलब्ध गराउने आश्वासन दिइसकेको छ ।’ एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी शुरु भइसकेकोसमेत गुराँैले जानकारी दिए ।

पालिकाले पनि स्वास्थ्य शाखालाई सक्रिय बनाएर सरसफाइमा लगानी बढाएको बताएका छन् । ‘पानी जम्ने गरी बनेका खाल्डाखुल्टी पुर्ने र धेरै लामखुट्टे बस्ने ठाउँमा धुवाँ लगाएर धपाउने काम पनि गरेका छौँ’, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘परीक्षणका लागि चाहिने किट पनि समयमै उपलब्ध गराउन भनेका छौँ ।’

गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घरघरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताए । ‘सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेङ्गु लामखुट्टेकै टोकाइबाट सर्ने भएकाले झुल टाँगेर सुत्नुपर्छ’, खनालले भने, ‘एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ ।’ गाउँ र बजार सबैतिर सरसफाइ अभियान चलाउन लागेकोसमेत उनले बताए ।

बसपार्क र ग्यारेज क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टायर हटाउने र पानी नजम्ने गरी व्यवस्थापनका लागि प्रहरी, सेना र प्रशासनले पनि आग्रह गरेको छ । ‘लकडाउनका कारण दुई महिनादेखि अधिकांश स्थानका टायर अलपत्रै छन्, त्यस्ता स्थानमा प्रहरी परिचालन गरेर हटाउन र व्यवस्थापनमा समेत लगाएका छौँ’, प्रहरी निरीक्षक हेम केसीले भने, ‘कतिपय खाडल पुर्ने काममा पनि खटिनुपरेको छ ।’ लकडाउनको समयमा घरघरमा बसेकाले घर वरिपरि सफाइ गर्ने अभियान चलाउनसमेत गुरौँले स्थानीय तहका प्रमुखलाई आग्रह गरेका छन् ।

डेङ्गु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । अहिले छिमेकी म्याग्दीसँगै देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ । एडिस लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को शुरुआतसँगै डेङ्गु ज्वरोको बिरामी बढ्न थाल्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies