


यस बर्ष किन औसतभन्दा बढी वर्षा भइरहेको छ ?


-
-
बैशाख ३० गते, २०७७ - १५:५०

काठमाडौं । यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौँलगायत देशका अधिकांश भूभागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा अप्रिल महिनामा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष ९२ मिलीमिटर वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताए । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यस वर्षाको प्रकृति भिन्न छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । यस वर्ष मनसुनको समयमा पनि औसत वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।
प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो । विगत केही दिनदेखि देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले मौसममा सुधार हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभाग सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराई एक दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । भोलि देशको अधिकांश भूभागमा सामान्य बदली रही पूर्वी भूभागका केही स्थान र पश्चिमी तथा मध्य भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशको पूर्वी र मध्यलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही पूर्वी भूभागको केही स्थानमा पश्चिमी तथा मध्य भूभागमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव ९ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली
काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते
काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ
कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन
बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा...

प्रतिकृया लेख्नुहोस्:
- करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट
- टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु
- विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थल निर्माण कार्य अन्योलमा
- नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा
- गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिइने