Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

भारतीय प्रधानमन्त्रीसँग संवाद गर्न सांसदको सुझाव

काठमाडौ । सरकारले नेपालको भूमिभित्र कुनै गतिविधि नगर्न भारत सरकारसँग आग्रह गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग आग्रह गरे ।

उनले नेपालको भूमिभित्र भारतले सडक निर्माण गरेको विषयमा सरकारले कूटनीतिक माध्यामबाट समाधान खोज्न तथा नेपालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन चाहेको पनि प्रष्ट पारे । “सुगौली सन्धिमा हामीले जहाँ हस्ताक्षर गर्यौ, हामीले त्यही भूमि खोजेका हौँ, हामीले बढी खोजेका होइनौँ, कोभिड–१९ को सङ्कटका अवस्थामा भारतको यस कदमले दुःखित तुल्याएको छ”, उनले भने।

मन्त्री ज्ञवालीले भारतले एकपक्षीयरूपमा सीमा हेरफेर गरेको विषय नेपाललाई मान्य नभएको समेत बताए । अन्तर्राष्ट्रिय सीमा एकतर्फीरूपमा जारी नहुने भन्दै उनले सुगौली सन्धिलाई चुनौती दिने गरी अहिले नेपाल र भारतका बीचमा कुनै सन्धिसम्झौता नभएको पनि प्रष्ट पारे ।

“नेपालको वर्तमान सीमा सुगौली सन्धिले तय गरेको हो, सन् १८१६ को सन्धिले नै भारततर्फ नेपालको सीमा निर्धारित गरेको छ”, उनले भने, “२०० वर्षको अवधिमा नेपालको सीमा प्रभावित बनाउने कुनै सन्धि भएको छैन ।” एकपक्षीय सीमा हेरफेर गर्ने कुरा नेपाललाई मान्य नहुने भन्दै उनले कालीनदी नेपालको पश्चिमी सीमा भएको यसअघि नै भारतलाई बताइएको बताए ।

सीमा विवाद अन्त्य गर्न नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक आह्वान गरिएको भए पनि कोभिड–१९ का कारण वार्ता हुन नसकेको उहाँले सदनलाई जानकारी दिए । सबै राजनीतिक पार्टी सीमा अतिक्रमणका विरुद्धमा रहेको भन्दै यसले सरकारलाई बलियो आधार प्राप्त भएको बताए ।

सुस्ता र कालापानी क्षेत्रमा देखिएका सीमा विवादका विषयमा सन् २०१४ मा भएको सहमतिअनुसार परराष्ट्रसचिवस्तरीय संयन्त्रबाट टुङ्गो लगाउनुपर्ने भन्दै उनले पराष्ट्र सचिवस्तरीय बैठक आयोजना गर्न भारत तयार रहे पनि कोरोना महामारीका कारण बैठक बस्न नसकेको बताए ।

सीमा अतिक्रमणको विषयलाई तत्कालै अन्तर्राष्ट्रियकरण गर्ने विषयमा सरकार नपुगेको भन्दै उनले द्विपक्षीय कूटनीतिक प्रयासबाट समस्याको समाधान गर्नेतर्फ प्रतिबद्ध रहेको बताए । सुगौली सन्धिमा निर्दिष्ट भूमि समेटिएको नयाँ नक्सा जारी गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले नयाँ नक्सामा एक इन्च पनि तलमाथि नहुने गरी जारी गरिने बताए ।

सीमा नियमनका सन्दर्भमा सरकार लागिपरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा ‘बोर्डर आउट पोस्ट’को सङ्ख्या थपिएको बताए । कालापानी क्षेत्रमा पनि सशस्त्र प्रहरी बलको सीमा सुरक्षा टोली राख्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।

भारतीय प्रधानमन्त्रीसँग संवाद गर्न सांसदको सुझाव

बैठकमा सांसद रामनारायण बिडारीले भारतले सन् २००८ देखि नै सीमा क्षेत्रमा बाटो बनाएको विषय सार्वजनिक भए पनि नेपाल सरकारलाई त्यसबारेमा जानकारी भए÷नभएको सन्दर्भमा स्पष्ट पार्न आग्रह गरे । सांसद रमेशजङ्ग रायमाझीले भारतले नेपालमाथि गरेको थिचोमिचोका बारेमा संयुक्त राष्ट्रसङ्घलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।

सांसद अनिता देवकोटाले सीमा विवाद तथा भूमि अतिक्रमणका विषयको समाधान खोज्न प्रधानमन्त्रीले तत्काल आफ्ना भारतीय समकक्षीसँग संवाद गर्न सुझाव दिए । सांसद कोमल वलीले सीमा समस्याका बारेमा भारतसँग वार्ता हुन नसकेको अवस्थामा नेपालले यस विषयलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बताए ।

सांसद चक्रप्रसाद स्नेहीले नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्न र सीमा अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रिय अदालत लैजान सुझाव दिए । सांसद विमला राई पौडेलले सारा संसार कोरोनाविरुद्ध लडिरहेको बेला भारतले नेपाली सीमा मिचेकाले अब सीमा क्षेत्रलाई नियमित गर्नेतर्फ ध्यान दिन आग्रह गरे।

सांसद तारादेवी भट्टले लकडाउनका समयमा कञ्चनपुरमा समेत सीमा मिचिएको भन्दै प्यारातालसमेत भारतले अतिक्रमण गरेको बताए । उनले तत्काल नेपाल–भारत सीमा क्षेत्र नियमन गर्न सरकारको ध्यानकर्षण गराए । सांसद देवेन्द्र दाहालले सीमा समस्या हालको मात्रै समस्या नभएको र बारम्बर सीमामा तनाव देखिएको भन्दै राष्टिय सहमति जुटाउने सन्दर्भमा के तयारी भएको छ र सीमा सुरक्षाका लागि दीर्घकालीन योजना के छ भनी प्रश्न गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies