Khabar Dabali Logo
  January 23, Sat

अफगानिस्तानको सरकारद्वारा थप एक सय २ तालिवानी कैदीलाई जेलमुक्त

काबुल । अफगानी सुरक्षा परिषद्ले १०० भन्दा बढी तालिबानी बन्दीहरूको रिहाइको पुष्टि गरेको छ ।

अफगानिस्तानको सरकारले यस वर्ष फेब्रुअरीमा अमेरिका र तालिबान समूहबीच शान्ति सम्झौतामा कैदीबन्दीलाई रिहाई गर्ने सहमति अनुरुप १०२ थप तालिवान कैदीहरूलाई रिहा गरेको हो ।

“राष्ट्रपति असरफ घानीको निर्देशनको आधारमा सरकारले तालिवानी नेता तथा लडाकूहरूलाई सोमबार रिहा गरिएको हो,” मङ्गलबार अफगानी सुरक्षा परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“सहमति अनुसार अहिलेसम्म ८५० तालीवानी नेता तथा लडाकस्लाई रिहा गरिसकिएको र अन्य ६५० जनालाई प्रक्रिया पुर्याएर क्रमशः रिहा गरिनेछ,” सुरक्षा परिषद्का प्रवक्ता जाविद फैसलद्वारा हस्ताक्षर गरिएको ”ट्वीटरमार्फत् जारी विज्ञप्तिमा भनिएको छ ।

तालिवान कैदीहरूलाई उनीहरूको उमेर, स्वास्थ्य र बाँकी सजायको आधारमा रिहा गरिने र उक्त कदम शान्तिका लागि अमेरिका र तालिवानबीच भएको प्रतिवद्धता र जेलमा रहेका कैदीलाई कोभिड–१९ जोखिमबाट कम गर्ने नीति अनुरूप भएको जाविद फैसलले दुई दिन पहिले सञ्चारकर्मीसँगको कुराकानीमा बताएका थिए ।

यस वर्षको फेब्रुअरीमा तालिवान र संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौतामा पुगेपछि अन्तर–अफगानी वार्ताको बन्दी र आदानप्रदान सम्भव भएको हो । यद्यपि यस अवस्थामा अफगानिस्तानको चुनावी झगडा र बन्दीहरूको रिहाइको विषयमा आपसी असहमतिका कारण वार्ता ढिला भएको छ ।

तालिवानी समूहले अफगानिस्तानको सरकारले शान्ति सम्झौताको आधारमा पाँच हजार कैदीहरूलाई रिहा गर्न माग गरिरहेको छ तर अफगानिस्तान सरकारले बिस्तारै आन्दोलनका एक हजार ५००सदस्यलाई रिहा गर्न सहमत भएको र क्रमशः उनीहरूको रिहाई भइरहेको छ ।

बैशाख २३ गते, २०७७ - २०:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी

रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...   

उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन

काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...   
दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...   

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...   

ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...   

आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...   

सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top