Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

क्वारेन्टाइनमा बस्नेहरुका माग धान्नै गाह्रो : दैनिक मासु-भात, रक्सी र निःशुल्क वाईफाई माग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका ५०० अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ ।

राजधानी काठमाडौँमा बसिरहेका नगरवासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टाइनको आचारसंहिता पालन गराउन अनुगमनमा खटाइएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सुरक्षाकर्मी, वडा सचिव, शिक्षक र कृषि पशु प्राविधिकलाई निःशुल्क एनसेलको सिम वितरण गरेको हो ।

आपसी फोन सम्पर्क र समन्वय गर्न नगरपालिका र एनसेलसँगको सहकार्यमा अनुगमनकर्तालाई एक÷एक थान सिम कार्ड वितरण गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए । “लकडाउनका कारण गाउँघरमा रिचार्ज कार्ड अभाव छ”, उनले भने, “होम क्वारेन्टाइनको अवस्थामा आवश्यक जानकारी गराउन अनुगमनमा खटिएका १७० जना शिक्षक, १२७ जना महिला स्वास्थ्य स्वयंसेविका, ६६ जना स्वास्थ्यकर्मी, ४० जना सुरक्षाकर्मी, १२ जना कृषि पशु प्राविधिक र १० जना वडा सचिवलाई ४२० मिनेट फ्रि कल र दुई जिवी डाटा भएको सिमकार्ड उपलब्ध गराइएको हो ।”

नगरपालिकाले काठमाडौँ उपत्यकामा बसिरहेको अवस्थामा लकडाउन जारी रहदा एक हजार २६७ जना सर्वसाधारणलाई होम क्वारेन्टाइनमा बस्ने शर्तमा गत वैशाख ११ र १२ गते २५ वटा बसमार्फत गाउँमा ल्याएको थियो । त्यसबीचमा आफैँ गाडी रिजर्भ गरेर घर आउने नगरवासीको सङ्ख्या पनि उत्तिकै छ ।

नगरवासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन वा सम्बन्धित वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने, सामाजिक दूरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नेलगायत १० बुँदे आचारसंहिता पालना गर्नुपर्ने कबुलियतनामा गराएर गाउँमा ल्याइएको थियो । शहरबाट कुनै एकजनामार्फत सङ्क्रमण भित्रिको अवस्थामा सिङ्गो गाउँ नै सखाप हुने भएकाले नगरपालिकाको काँधमा होम क्वारेन्टाइनको पालनामा कडाइ गर्नुपर्ने जिम्मेवारी आएको नगरप्रमुख राईले बताए ।

काठमाडौँबाट ल्याइएका तीनजनाले होम क्वारेन्टाइन बस्न आफूले गरेको कबुलियतनामा उल्लङ्घन गरेकाले पक्राउ गरेर क्वारेन्टाइनमा लगेर राखिएको जनाइएको छ । बसिरहेको ठाउँमा दैनिक आयमूलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएपछि नगरपालिकाले विरोध र समर्थनकाबीच गाडी रिजर्भ गरेर स्थानीय बासिन्दालाई घर ल्याएको हो ।

यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टाइनबाट अहिलेसम्म १४ जना छुटेका छन् । १४ दिनको बसाइँ पूरा गरेपछि राजापानीको क्वारेन्टाइनबाट चारजना, दुर्छिमको क्वारेन्टाइनबाट चारजना, महादेवस्थानमा बनाइएको क्वारेन्टाइनबाट चारजना र धितुङमा बनाइएको क्वारेन्टाइनबाट दुईजना छुटेका हुन् ।

नगरपालिकाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा अझै ११ जना स्थानीय बसिरहेका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । विदेशबाट आएर क्वारेन्टाइन बस्ने स्थानीय बासिन्दालाई नगरपालिकाले खाना, खाजा तथा स्वास्थ्य उपचारको व्यवस्था गरेको जनाइएको छ ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिको माग धान्न गाह्रो भएको नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएपछि नगरपालिकाको तर्फबाट क्वारेन्टाइनमा राखिएका व्यक्तिले दैनिक मासु, भात, रक्सी र निःशुल्क वाईफाई सेवा उपलब्ध गराउन माग गरेपछि समस्या भएको हो ।

नगरपालिकाले दीर्घ रोगी भएका नगरवासीलाई घरैमा निःशुल्क औषधि ल्याइदिने व्यवस्था मिलाएको छ । अन्यत्र गएर औषधि ल्याउन नपाएका दीर्घ रोगी स्थानीयवासीलाई नगरपालिकाले आवश्यक औषधि घरैमा निःशुल्क ल्याइदिने व्यवस्था मिलाएको हो ।

नियमित औषधि सेवन गरिरहेका प्रेसर, सुगर, मुटु रोग, मानसिकलगायत समस्या भएका बिरामीलाई मागका आधारमा औषधि ल्याइदिने तयारी गरिएको स्वास्थ्य शाखाले जनाएको छ । औषधि ढुवानीका लागि अहिले वडा वडामा गएर दीर्घरोगीको विवरण सङ्कलन गर्ने काम भइरहेको जनाइएको छ ।

जिल्लाकै अतिदुर्गम स्थानीय तहमा पर्ने उक्त नगरपालिकामा अहिले खाद्यान्न तथा मकैको बीउसमेत वितरण भइरहेको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा गत वर्षको खडेरीका कारण भोकमरी तथा मकैको बीउ अभाव भएको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies