Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कोरोनाविरुद्ध तीन तहका सरकारबीच समन्वय आवश्यक

कास्की । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीन तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने निष्कर्ष निकालेको छ ।समितिले गण्डकी प्रदेशको बजार अनुगमन टोली एवं सरोकारवालासँग आइतबार गरेको छलफलमा समितिका सभापति दीपक कोइरालाले यसको रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारबीच अझै बढी समन्वय आवश्यक देखिएको बताए ।

उनले बजार अनुगमन टोलीसँग प्रदेशको बजारको अवस्था, मूल्यवृद्धि लगायतमा भइरहेका प्रयास लगायतमा जानकारीसमेत लिए । अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा वर्तमानमा कुनै पनि सामग्रीको अभाव नरहेको जानकारी गराए ।सभापति कोइरालाले बन्दाबन्दीको अवधिमा कास्की, स्याङ्जा, पर्वत तनहुँलगायत जिल्लाका १०० भन्दा बढी ठाउँमा अनुगमन गरिएको उल्लेख गर्दै उनले आपूर्तिलाई सहज बनाउनेतर्फ जोड दिइएको बताए ।

अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मूल्यवृद्धि गरेर पठाएकाले आटा, खाने तेल, रातो दालमा केही मूल्य बढेको पाइए पनि अन्य सामानको अभाव नदेखिएको बताए । उनले औषधिको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिए।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ग्यास र खाद्यान्नमा अभाव नरहेको बताउँदै यसबीचमा कालोबजारी गर्ने तीन जनालाई मुद्दा चलाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लीलाबल्लव न्यौपानेले तीन तहको सरकारबीच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताउँदै तीन तहकै एउटै निर्णय भए काम गर्न सहज हुने उल्लेख गरे। समितिमा बजारमा चोक्करको मूल्य बढी लिएको, मिति सकिएको एलपी ग्यासको सिलिन्डर बजारमा पाइएको लगायतका विषयमा पनि छलफल भएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies