Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

लकडाउनकौ मौका छोप्दै व्यापारी, बढ्न थाल्यो खाद्यान्नको मूल्य

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको मूल्य बढाएका हुन् ।

कतिपय व्यापारीले भूकम्प र नाकाबन्दीमा जस्तै अहिले पनि कमाउने समयका रुपमा लिएको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत सङघ/सस्थाले बताएका छन् । ‘लकडाउन’ जारी रहँदा चामल, दाललगायतका खाद्यान्न पनि तोकिएको भन्दा बढी मूल्यमा बिक्री हुन थालेको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । सरकारले पर्याप्त अनुगमन नगरेकाले व्यवसायीले ताकिएको भन्दा बढी मूल्यमा खाद्यान्न बेच्ने गरेको उनले आरोप लगाए । उनले भने, “धेरै व्यापारीले भूकम्प नाकाबन्दीका समयमा पनि बढी मूल्य लिँदा केही भएन अहिले पनि केही हुँदैन भन्ने सोचेका छन् ।”

साँझ र बिहानको समयमा मात्रै खाद्यान्न पसल खुल्दा बजारमा यी समयमा भीडभाड हुने गरेको अध्यक्ष तिमल्सिनाले बताए। व्यापारीलाई मास्क, पञ्जालगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न र दूरी कायम गरेर मात्रै सामान दिन भनिए पनि पूर्णरुपमा पालना भइरहेको छैन । उनले भने, “कतिपय व्यापारीले यसलाई पालना गरे पनि कतिपयले नगरेको पाइएको छ ।”

बजार मूल्य ह्वात्तै बढेको छ । कतिपय व्यापारीले घरमै पु¥याए पनि सेवा ९होम डेलिभरी० शुरु गरेका छन् । कम्तीमा यति मूल्यबराबरको तरकारी किन्नुपर्ने र पु¥याउने ज्याला तोकिएकाले त्यसको जानकारी भए पनि प्रयोग नगरेको बालकुमारीकी सीता न्यौपानेले बताए । ठूलो परिवार र सम्पन्न व्यक्तिका लागि मात्रै यो उपयुक्त हुने उहाँको भनाइ छ । उनले भने, “हामीले आफैँ छानेर रु ५०÷१०० को एक दुई छाक किन्ने मान्छेले कम्तीमा रु १५ सय दुई हजारको तरकारी कहाँ किन्न सक्छौँ ।”

बजारमा अहिले तरकारी र फलफूल नपाउने समस्याभन्दा पनि महँगो पर्नु उपभोक्ताका लागि समस्या भएको अध्यक्ष तिमल्सिनाले बताए । व्यवसायीले विभिन्न स्थानबाट ल्याउँदा बढी भाडा परेकाले मूल्य बढेको बताउने गरेको उहाँले जानकारी दिनुभयो । उपत्यका आसपासका जिल्लाबाट तरकारी ल्याउन चालक÷सहचालकले पहिलेभन्दा दोब्बर भाडा माग्ने गरेको व्यापारीले बताउँदै आएका छन् । उनले भने, “यसमा स्थानीय तहले पनि समन्वय गर्नुपर्छ, अहिले एकातिर गाउँको उत्पादन खेर गइरहेको छ भने अर्कातिर शहरी क्षेत्रमा तरकारीको मूल्य ह्वात्तै बढेको छ ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी दीपक पोखरेलले विभागले सङ्कटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ शुरु गरेको बताए । यो टेलिफोनमा पहिले सबैभन्दा बढी ग्यास, माक्स र सेनिटाइजर नपाएको गुनासो आउने गरेको थियो । बजारमा पहिले आधा र अहिले पूरै सिलिन्डर ग्यासको बिक्री भइरहेकाले यी गुनासोमा कमी आएको छ । विभागले आएका गुनासोका आधारमा टोली अनुगमन गएर कुनै समस्या पाइएमा कारवाही अघि बढाएको उनको भनाइ छ । केही दिन पहिले मात्रै मासु र ग्यासको मूल्य तोकिएभन्दा बढीमा बिक्री गरेको भन्दै कारवाही गरिएको थियो । उनले भने, “टोल फ्री नम्बर १२ घण्टा खुल्ला हुन्छ र त्यसमा गुनासो आउँदा हामीले अनुगमन र कारवाही गरिरहेका छौँ ।”

कति बजेदेखि कति बजेसम्म पसल खुल्ने/खुलाउने भन्नेमा स्वयं व्यापारी, प्रहरी र स्थानीयवासी अन्योलमा छन् । मुख्य सडकमा बिहान बेलुका खोल्दा पनि प्रहरी हतारिएर बन्द गराउन आउने भए पनि उपत्यकाका कतिपय स्थानमा भित्री चोकमा दिनभर पसल खुलेको उनले बताए ।‘लकडाउन’ का समयमा ढुवानी सहज नभएकाले पनि बजारमा पर्याप्त तरकारी नभएको उनको भनाइ छ । मागअनुसार आपूर्ति नभएकाले पनि भाउ बढेको हुनसक्ने उनले बताए। उनले भने, “अत्यावश्यक खाद्यान्नको सहज आपूर्तिको व्यवस्था हुनुपर्छ ।”

काठमाडौँ उपत्यकाका आसपासका क्षेत्र र नजिकका जिल्लाबाट शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा ढुवानी सहज नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैनन् । खाद्य वस्तु बजारसम्म पु¥याउन नपाउँदा दूध र तरकारी उसै खेर गइरहेको स्थानीयवासी किसानले गुनासो गर्दै आएका छन् । उपत्यकाका काँठ क्षेत्र, धादिङ, काभ्रे, नुवाकोट, चितवनलगायत जिल्लाबाट उपत्यकामा तरकारी र दूधको आपूर्ति हुने गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies