Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

लकडाउनको कारण स्यानिटाइजर उपभोक्तमाझ पुर्याउन सकस

काठमाडौं । कोरोना भाइरस रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर लकडाउनका कारण उपभोक्तामाझ पुर्याउन सरकारी स्वामित्तको नेपाल औषधि लिमिटेडलाई सकस भएको छ । ढुवानी गर्न नसक्दा उत्पादन गरिएको ६० हजार बोतल स्यानिटाइजर लिमिटेडको गोदाममै थन्किएको छ ।

लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर काठमाडौँसम्म सीमित भएको छ । उपत्यका बाहिरबाट माग दिनहुँ आइरहे पनि कसरी पु¥याउने भन्नेमा लिमिटेडलाई अन्योल भएको छ । “माग आएको आयै छ, कसरी पु¥याउने भन्ने समस्या छ”, लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले भने, “उपत्यका बाहिर ढुवानी गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसित छलफल भइरहेको छ ।” हाल लिमिटेडले एक सय मिलीलिटरको बोतल दैनिक २० हजारसम्ममा उत्पादन गरिरहेको छ । लिमिटेडको दैनिक ५० हजार बोतल उत्पादन गर्न सक्ने क्षमता छ । लिमिटेडले विभिन्न उद्योगसित अल्कोहल खरिद गरी स्यानिटाइजर उत्पादन गर्ने गरेको छ । लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्यानिटाइजर उत्पादन गरिरहेको छ ।

“दैनिक १० हजारदेखि १२ हजार बोतल खपत भइरहेको छ”, बज्राचार्यले भने, “धेरै उत्पादन ग¥यो भने पनि उपभोक्तासम्म पु¥याउनै सकिन्न ।” स्यानिटाइजर हाल्न १०० मिलीलिटर अटाउने बोतल मात्र काठामाडौँमा उत्पादन हुन्छ । यो भन्दा बढी अटाउने बोतल यहाँ उत्पादन हुँदैन । ठूलो बोतल सबै भारतबाट मगाउनुपर्ने हुन्छ । “लकडाउनका कारण ठूलो बोतल भारतबाट ढुवानी गर्न सकेका छैनौँ”, निमित्त महाप्रबन्धक बज्राचार्यले भने “भारतबाट बोतल आयात गर्न मन्त्रालयले पहल गरीदिए सजिलो हुन्थ्यो ।” लिमिटेडको हारगुहारपछि सानो बोतल उत्पादन गर्न काठमाडौँका उद्योग तयार भएका हुन् ।

कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने स्थितिलाई ख्याल गर्दै लिमिटेडले चैत ११ गतेदेखि स्यानिटाइजर उत्पादन थालेको हो । “आपतकालीन अवस्थाको ख्याल गर्दै हामी आफँैले निर्णय गरेर उत्पादन थालेका हौँ”, बज्राचार्यले भने । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी लिमिटेडले ८२ कर्मचारीमध्ये एकतिहाइ मात्र स्यानिटाइजर उत्पादनमा खटाएको छ । “कार्यालयमा कर्मचारीको भीड लगाउन पनि भएन, त्यसैले थोरै कर्मचारीलाई मात्र खटाएका छौँ”, उनले भने ।

चितवन, हेटौँडा, पोखरालगायत क्षेत्रबाट दैनिक स्यानिटाइजरको माग भइरहेको लिमिटेडका स्टोर प्रमुख दिनेश भट्टराईले भने । “माग भएजति दिन सक्छौँ, त्यहीअनुसार उत्पादन पनि गर्न सकिन्छ, तर मुख्य समस्या कसरी पु¥याउने भन्ने हो”, उनले भने । दिनुहँ स्यानिटाइजरको माग बढ्दो छ । लकडाउनका कारण पु¥याउन सक्ने स्थिति छैन । “माग के–कति आयो भनेर तथ्याङ्क राख्ने काम मात्रै भइरहेको छ”, भट्टराईले भने। काठमाडौँबाहिर ढुवानी गर्न मन्त्रालयको सहयोग चाहिने उनको बुझाइ छ । यस विषयमा मन्त्रालयले अहिलेसम्म सोधीखोजी नगरेको भट्टराई बताउछन् ।

लिमिटेडका अनुसार अहिले बजारमा उपलब्ध स्यानिटाइजरमा अल्कोहलको मात्रा ४० देखि ७० प्रतिशतसम्म मात्रै हो । लिमिटेडले उत्पादन गरेको स्यानिटाइजरमा त्यसको मात्रा ८० प्रतिशत रहेको निमित्त महाप्रबन्धक बज्राचार्यको दाबी छ । “अहिलेको अवस्थामा हामीले उत्पादन गरेको स्यानिटाइजर सबैले सहजै पाउन सकुन् भन्ने हो”, उनले भने । लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर उपत्यकाका सरकारी कार्यालय, विभिन्न सङ्घसंस्था, नेपाली सेना, प्रहरी, अस्पताललगायतले लग्ने गरेका छन् । बोतल सानो हुँदा अधिकांशले ठूलो भाँडोमा लिटरका हिसाबले खरिद गर्ने गरेको स्टोर प्रमुख भट्टराई बताउछन्। एक सय मिलीलिटर स्यानिटाइजरको मूल्य रु १७५ तोकिएको छ । लिमिटेडले स्यानिटाइजरसँगै सिटामोल, सिटाप्लस र जीवनजलसमेत उत्पादन गरिरहेका छ । तीन महिनायता २५ टन सिटामोल उत्पादन गरेकामा अब पाँच टन जति मौज्दात रहेको उनले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies