Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विद्युतीय वितरण प्रणाली भूमिगत हुँदैमा शहरको सौन्दर्य कायम रहला त सरकार ?

काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दर्यता कायम राख्न र विद्युतीय प्रणालीलाई सुरक्षीत बनाउने उदेश्यकासाथ  विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने कामको शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरेका छन् ।

पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो । हाल भइरहेको जमिनमाथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई  सौन्दर्यता कायम राख्न सहयोग पुग्ने प्राधिकरणको विश्वास लिएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार शहरको सौन्दर्यता कायम राख्न र विद्युत प्रणालीलाई सुरक्षित वितरण गर्नको लागि नेपाल सरकारले यसलाई प्राथमिकतामा राखेको यो अभियान सफल हुने दावी गरेका छन् ।

विद्युत् प्रसारणका तारहरूलाई भूमिगत गर्ने कार्य विभिन्न चरणमा सम्पन्न गरिनेछ, ‘पाइलट प्रोजेक्ट’को रूपमा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई भूमिगत गरिन लागेको हो ।  पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनको आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने उनले बताएका छन् ।

सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभर हेड वितरण प्रणालीले सहर कुरूप र असुरक्षित हुनुका साथै सडक विस्तारलगायत विकास निर्माणमा समेत विभिन्न समस्या देखिएकाले प्राधिकरणले प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याएको निर्देशक घिसिङको भनाइ छ ।

अहिलेको विद्युत् प्रणाली क्षमता अभिवृद्धि गर्न समेत विद्युत् प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याइएको उनले बताए । अहिलेको विद्युत् आपूर्ति मागलाई तत्कालको ओभर हेड विद्युत् प्रसारण प्रणालीले थेग्न नसक्ने भएकाले तारहरूलाई भूमिगत गर्नुको कुनै विकल्प नरहेको उनको निष्कर्ष छ ।

तीनवटै उपत्यकामा भूमिगत तार विछ्याउन एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा विद्युत् प्रसारणका तारहरूलाई भूमिगत (अन्डरग्राउन्ड)गर्न लागिएको हो र यसमा नेपाल सरकारको अर्थमन्त्रालयले फन्डिङ रहेको छ । निर्देशक घिसिङका अनुसार यस अभियान सफल बनाउन करिब १६ अर्ब लगानी लाग्ने अनुमान गरेका छन् ।

प्रधिकरणले पहिलो चरणमा महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

प्राधिकरणको अभियानमा दूरसञ्चार प्रदायक कम्पनीले विछ्याएको तारको चुनौति

विद्युत प्रणाली(तार)लाई अन्डरग्राउण्ड बनाउन नेपाल सरकार  र नेपाल विद्युत प्राधिरकाणले जुन पहल कदमी लिएका छन् । यो स्वागतयोग्य कदम हो । विद्युत आपुर्तिको बढ्दो मागसँगै दिनप्रतिदिन कुरुप बन्दै गएको शहरको सौन्दर्यता कायम राख्न यस योजना कोशेढुंगा हुने विद्युत प्रधिकारणले लिएपनि उपत्यकाको सौन्दर्यता कुरुप बनाउन विद्युत प्रधिकरणमात्र जिम्मेवार छैन ।

अहिले ठुला शहरको सौन्दर्यता कुरुप बनाउने काम विद्युत प्राधिकरण लगायत विभिन्न सेवा प्रदायक कम्पनीले टांगिएको तारले गरिरहेको छ । काठमाडौं उपत्यकाको ठुला चोक, गल्लि, सडक किनारामा यत्रतत्र लत्रिएका टेलिफोनका तार, फाईबार, केबलका तारले शहरको सौन्दर्यतालाई चुनौति दिएको छ । शहरको ठुला चोक, गल्लि र मुल सडमा पोलले धान्नै नसक्ने गरी फिजाइएको तारले एकातिर शहरको सौन्दर्यलाई नष्ट गरिरहेको छ  भने अर्कोतिर हावाहुरीको कारण जुनसुकै बेला बटुवाहरुको जीवन खतरामा पर्ने देखिन्छ ।

गत महिना काठमाडौंको तीन कुने सडक खण्डमा एकाक्सी पोलको तारबाट निस्केको आगोको लप्का सडकमा खस्दा बाटो हिड्ने दुई जना  सत्त घाइते भएका थिए । सो क्षेत्रमा घण्टौं सवारी जाम भएको थियो । यस्तै, वर्षातको समयमा आउने हावाहुरी र अत्याधिक पानीको कारण विजुलीको पोल त्यसमाथि थेगिनसक्नुको तारले सडम, पेटीमा आवतजावत गर्ने मानिसहरु दुर्घटाको शिकार बन्ने जोखिम रहेको अवस्थामा ढिलै भए पनि विद्युत प्रधिकरणको यस अभियान स्वागतयोग्य कदम मान्न सकिन्छ ।

विद्युतिय तारलाई भूमिगत गर्दैमा शरहरको सौन्दर्यता कायम राख्न सकिन्छ त भन्ने प्रश्नमा निर्देश घिसिङले भने, ‘विद्युतको तारमात्र भूमिगत गर्ने नभइ  फाइबर अप्टिकल केवल समेत हामीले विछ्याउने विछ्याउँदै छौं । अब सबै सेवा प्रदायक कम्पनीका तारहरु ओभर हेडमा रहने छैन । त्यसकोलागि नेपाल टेलिकम, एन्सेल लगायत सबै कम्पनीहरुले अप्टिकल फाइबरहरु बिछ्याइरहेका छन् । अइएसडि कम्युनिकेसन प्रोभाडरहरुले गरिरहेका सप्लाइ लिनुहुन्छ । तार हटाउनु हुन्छ ।’

विद्युत्तको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । यसबाट डिजिटल नेपालको अवधारणालाई सारकार पार्न मद्दत पुग्ने उनको दावी रहेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies