Khabar Dabali Logo
  August 13, Thu

आस्था राउतलाई आजै रिहा गर्न नेकपा नेताहरुको दबाव, कसले के भने ?

काठमाडौं । नेकपाका सांसद र नेता तथा कार्यकर्ताहरुले गायिका आस्था राउतमाथि प्रहरीले अनावश्यक ज्यादती गरेको भन्दै प्रक्रिया पूरा गरेर रिहा गर्नुपर्ने माग गरेका छन् । गायिका राउत अहिले आस्था अस्पतालमा उपचाररत छन् । उनलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय आइसकेको छ ।

सामाजिक सञ्जालमार्फत नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले राष्ट्रिय कलाकार आस्था राउतले कमी कमजोरी महसुस गरिकेपछि पनि हिरासतमा राख्नु उचित नभएको र प्रक्रिया पूरा गरेर आजै हिरासतमुक्त गर्न माग गरेका छन् ।

त्यस्तै, नेकपा सांसद तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पनि आस्था राउतमाथि प्रहरीले अन्याय गरेको भन्दै माफी मागिसकेपछि हिरातसमा राख्नुले पटक–पटक सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको प्रतिक्रिया दिएकि छिन् ।

सांसद नविना लामाले फेसबुकमा लेखेकि छिन् :
आस्था राउत माथि अन्नाय भयो ।
माफी मागिसके पछि हिरासतमा किन राख्नुपर्यो ??
प्रहरी महिलाको पनि गल्ती देखिन्छ CCTV मा ।
प्रहरीपक्ष लाई किन करबाही भएन ????
नेपालको पुलिश लाई नैतिक़ शिक्षाको प्रशिक्षण दिन जरुरी छ ।
पटक पटक सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको देखिन्छ ।
A………
B…..
C…..
D………..
……….. ‘

त्यस्तै नेकपा केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले आस्था राउतलाई माफी मगाएर सम्झाएर घर पठाउनुपर्ने भन्दै प्रहरीले आस्थामाथि उठाएको कदममा गलत भएको बताएका छन् ।

दीपशिखाले फेसबुकमा लेखेका छन्,

‘जसरी आस्था राउतको उत्ताउलोपनसँग सहमत हुन सकिएन, त्यसैगरी पुलिसको आस्थामाथिको अतिमा सहमत हुन सकिन्न । उनको उत्ताउलोपनको माफी मगाएर, सम्झाएर घर पठाऊ ।’

माघ १४ गते, २०७६ - १३:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनगढीको प्रहरी हिरासतमा एक जनाको मृत्यु

धनगढी । धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका एक व्यक्तिको आज प्रहरी हिरासतमा मृत्यु भएको छ । मृत्यु...   

भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह

काठमाडौंं । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा...   

व्यापार कम्पनीले राष्ट्रिय विपत्तिमा सहयोग गरेको छ : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले...   

‘सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिन्छ : गृहमन्त्री

काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले नेपाल–भारत सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट...   

कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको...   

काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...   

थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सं‌ख्या २४ हजार ४३२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

काठमाडौंको ह्याम्स अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत एक जना कोरोना संक्रमित पुरूषको मृत्यु...   
कान्तिपुरका पत्रकार बानियाँ मृत फेला : बल्खुमा चिप्लिएर लडेका थिए, शव भेटियो हटौंडामा

कान्तिपुरका पत्रकार बानियाँ मृत फेला : बल्खुमा चिप्लिएर लडेका थिए, शव भेटियो हटौंडामा

काठमाडौं । दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा...   

साँखुमा एकै परिवारका तीन जनामा कोरोना सङ्क्रमण

काठमाडौं । शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top