Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पहिलोपटक आयोजना गरिएको राष्ट्रिय महोत्वसका लागि गजलकार छानिए

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा यही माघ १५ र १६ गते आयोजना गरिने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधि गजलकार छनोट भएका छन् ।

प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार विगतमा अन्य संस्थाको समन्वयमा गजल महोत्सव आयोजना गरिएको भए पनि प्रतिष्ठानको आयोजनामा प्रदेशगत आधारमा प्रतिनिधि चयन गरी यस वर्ष पहिलोपटक राष्ट्रियस्तरको महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा सहभागी हुने गजलकार, कार्यपत्र प्रस्तोता, समीक्षक र प्रतिनिधिको छनोट तथा अन्य व्यवस्थापनको तयारी पूरा भएको प्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् महोत्सवका संयोजक प्राडा हेमनाथ पौडेलले जानकारी दिए । महोत्सवमा सातै प्रदेशबाट पाँच–पाँचजना प्रतिनिधि गजलकारका साथै उपत्यकाबाट करीब ४० गरी ७५ प्रतिनिधि गजलकारको सहभागिता रहनेछ ।

प्रज्ञा–प्रतिष्ठान र अनाममण्डली संस्थाको सहकार्यमा यसअघि पनि गजलबारे राष्ट्रिय सम्मेलन गरिएको थियो । गजल विधाका जानकार घनेन्द्र ओझाले प्रज्ञा प्रतिष्ठानले नेपाली गजलको मानक निर्माण गर्नसमेत कार्यदल गठन गरी काम अघि बढाउने तयारी गरेकामा खुशी व्यक्त गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रममा प्रदेशबाट छानिएर आएका गजलकारको गजल वाचन हुनेछ भने सोही दिन वरिष्ठ गजलकारले गजल सुनाउनेछन् ।

पहिलो दिन करीब एक हजार दुई सय र दोस्रो दिन करीब तीन सयको सहभागिता रहने महोत्सवमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’को लोकार्पणसमेत हुनेछ । महोत्सवको दोस्रो दिन ‘नेपाली गजलः परम्परा र प्रवृत्ति’ बारे टीकाराम उदासी तथा ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ बारे डा घनश्याम न्यौपाने ‘परिश्रमी’ र ओझाले गोष्ठीपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । अर्को सत्रमा ‘आजको गजल लेखनः चुनौती र दिशा’ विषयमा परिसंवाद हुनेछ । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies